नेकपाको एकीकृत अस्तित्वमा गम्भीर संकट : महासचिव पौडेल « Khabarhub

नेकपाको एकीकृत अस्तित्वमा गम्भीर संकट : महासचिव पौडेल


१६ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले पार्टी एकतामा गम्भीर संकट उत्पन्न भएको भन्दै चिन्ता व्यक्त गरेका छन्।

लामो समयदेखि चल्दै र सेलाउँदै आएको नेकपाभित्रको विवाद उत्कर्षमा पुगेका बेला महासचिव पौडेलले पार्टीको एकीकृत र अविभाज्य अस्तित्वकासामू गम्भीर संकट उत्पन्न भएको धारणा सार्वजनिक गरेका हुन्।

“यतिबेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकीकृत र अविभाज्य अस्तित्वकासामू गम्भीर संकट उत्पन्न भएको छ। आपसी अन्तरविरोधलाई सहमतिका साथ समाधान गर्दै पार्टी एकताको रक्षाका लागि योगदान गर्न समस्त नेता, कार्यकर्ता तथा सदस्य कमरेडहरू समक्ष अनुरोध गर्दछु”, पौडेलले ट्वीटरमा उल्लेख गरेका छन्।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच भएको पार्टी एकताका सुत्रधार मानिएका पौडेल पछिल्लो समय एकता बचाउनका लागि निरन्तर सक्रिय भूमिका खेलिरहेका छन्।

यस्तो छ उनको ट्वीट

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालका बीचमा लामो समय मतभेद रहँदा पौडेलले नै सम्पर्क सुत्रका रूपमा काम गर्दै संवादको वातावरण सिर्जना गर्दै आइरहेका छन्।

पटक-पटक पार्टी एकतामा नै संकट आउने गरी विवाद हुँदा तुलनात्मक रूपमा कमै सार्वजनिक अभिव्यक्ति दिने पौडेलले व्यक्त गरेको चिन्ताले नेकपाभित्रको विवाद चरम उत्कर्षमा पुगेको संकेत गरेको छ।

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  ३ : ४१ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बेल्जियमलाई हराउँदै स्पेन सेमिफाइनलमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा स्पेन सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज २०८३ साल असार २७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २७ गते शनिबार सन् २०२६

आत्मदाह गरेका गणेशको परिवारलाई काठमाडौँ महागनरले रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा दिने

काठमाडौँ । काठमाडौँ महानगसपालिकाले आत्मदाहपछि उपचारको क्रममा वीर अस्पतालमा ज्यान

९ कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ९ जना कन्सल्टेन्सी