छठअघि सर्वोच्चले मुद्दाको नियमित सुनुवाइ नगर्ने « Khabarhub

छठअघि सर्वोच्चले मुद्दाको नियमित सुनुवाइ नगर्ने

नेकपा उपाध्यक्ष गौतमविरुद्धको मुद्दा पनि धकेलिने संकेत


१६ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतले छठअघि सामान्य रुपमा सबै मुद्दाको सुनुवाइ नगर्ने तयारी गरेको छ।

कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सर्वोच्चले छठ अघि मुद्दाको सुनुवाइ नगर्ने तयारी थालेको हो ।

गत भदौ २५ गतेदेखि सर्वोच्चले नियमित सेवा दिए पनि फेरि कोरोना महामारी बढ्दै गएपछि सेवामा संकुचन ल्याएको थियो।

सर्वोच्चका कर्मचारी नै संक्रमित हुन थालेपछि असोजको दोस्रो हप्तादेखि सीमित मुद्दाको मात्रै सुनुवाइ गर्दै आएको छ।

आइतबारबाट सर्वोच्चसहित देशैभरका अदालत खुले पनि सेवामा लगाइएको संकुचनलाई निरन्तरता दिइने जनाइएको छ ।

आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, मुख्य रजिष्टार नृपध्वज निरौलाले नेपाल बार एशोसियशनका पदाधिकारीसँग छलफल गरेका छन्।

छलफलमा छठसम्म सेवामा लाग्दै आएको संकुचनलाई निरन्तरता दिने सर्वोच्चको प्रस्तावलाई बारका पदाधिकारीले समर्थन जनाएका छन्।

नियमति सेवामा नफर्किने तयारी स्वरुप आइतबार प्रधानन्यायाधीश राणाले जम्मा दुईवटा मात्र इजलास तोकेका थिए।

वामदेवको मुद्दा पनि धकेलिने

नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गरेको निर्णयप्रति परेका रिट निवेदनमाथिको सुनुवाइ पनि फेरि पनि प्रभावित हुने भएको छ।

न्यायाधीश आन्दनमोहन भट्टराइको इजलासले गौतमलाई थप संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश दिएपछि संवैधानिक इजलासमा सुनुवाइ हुँदाहुँदै राकिएको रिट छठपछि धकेलिने सम्भावना बढको हो।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको असोज १४ गतेदेखि संवैधानिक इजलास सुनुवाइ सुरु भएको थियो।

त्यसपछि कात्तिक १६ गते गौतम पक्षका केही वकिलले बसह गरेपछि ‘हेर्दाहेर्दै’ राखिएको रिटमाथि सुनुवाइ हुन सकेको छैन।

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  ६ : ३७ बजे

योग दिवसको सन्दर्भमा आयुर्वेद क्याम्पसमा योगअभ्यास

काठमाडौं- अन्तर्राष्ट्रिय योग दिवसको १२औँ संस्करण आगामी जुन २१ मा

संघीय र प्रदेश सांसदसँग ललितपुर महानगरको छलफल

ललितपुर : ललितपुर महानगरले आर्थिक वर्ष २०८३–०८४ को नीति तथा

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात : अल्जेरिया ३-0 ले पराजित

काठमाडौँ – साविक विजेता अर्जेन्टिनाले विश्वकपमा विजयी सुरुवात गरेको छ

विश्वकपमा मेसी : १६ गोलको कीर्तिमानमा बराबरी

काठमाडौँ – विश्वविजेता अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले विश्वकप इतिहासमा अर्को

विश्वकप फुटबल : अल्जेरियाविरुद्ध मेसीको ह्याट्रिक

काठमाडौँ – विश्वकप फुटबल २०२६ को पहिलो खेलमा अर्जेन्टिनाका कप्तान