छठअघि सर्वोच्चले मुद्दाको नियमित सुनुवाइ नगर्ने | Khabarhub Khabarhub

छठअघि सर्वोच्चले मुद्दाको नियमित सुनुवाइ नगर्ने

नेकपा उपाध्यक्ष गौतमविरुद्धको मुद्दा पनि धकेलिने संकेत


१६ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतले छठअघि सामान्य रुपमा सबै मुद्दाको सुनुवाइ नगर्ने तयारी गरेको छ।

कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सर्वोच्चले छठ अघि मुद्दाको सुनुवाइ नगर्ने तयारी थालेको हो ।

गत भदौ २५ गतेदेखि सर्वोच्चले नियमित सेवा दिए पनि फेरि कोरोना महामारी बढ्दै गएपछि सेवामा संकुचन ल्याएको थियो।

सर्वोच्चका कर्मचारी नै संक्रमित हुन थालेपछि असोजको दोस्रो हप्तादेखि सीमित मुद्दाको मात्रै सुनुवाइ गर्दै आएको छ।

आइतबारबाट सर्वोच्चसहित देशैभरका अदालत खुले पनि सेवामा लगाइएको संकुचनलाई निरन्तरता दिइने जनाइएको छ ।

आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, मुख्य रजिष्टार नृपध्वज निरौलाले नेपाल बार एशोसियशनका पदाधिकारीसँग छलफल गरेका छन्।

छलफलमा छठसम्म सेवामा लाग्दै आएको संकुचनलाई निरन्तरता दिने सर्वोच्चको प्रस्तावलाई बारका पदाधिकारीले समर्थन जनाएका छन्।

नियमति सेवामा नफर्किने तयारी स्वरुप आइतबार प्रधानन्यायाधीश राणाले जम्मा दुईवटा मात्र इजलास तोकेका थिए।

वामदेवको मुद्दा पनि धकेलिने

नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गरेको निर्णयप्रति परेका रिट निवेदनमाथिको सुनुवाइ पनि फेरि पनि प्रभावित हुने भएको छ।

न्यायाधीश आन्दनमोहन भट्टराइको इजलासले गौतमलाई थप संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश दिएपछि संवैधानिक इजलासमा सुनुवाइ हुँदाहुँदै राकिएको रिट छठपछि धकेलिने सम्भावना बढको हो।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको असोज १४ गतेदेखि संवैधानिक इजलास सुनुवाइ सुरु भएको थियो।

त्यसपछि कात्तिक १६ गते गौतम पक्षका केही वकिलले बसह गरेपछि ‘हेर्दाहेर्दै’ राखिएको रिटमाथि सुनुवाइ हुन सकेको छैन।

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  ६ : ३७ बजे

बेनी पुगे प्रचण्ड, खबरदारी सभालाई सम्बोधन गर्ने

पर्वत – नेकपा (माओवादी केन्द्र) का अध्यष पुष्पकमल दाहाल ‘प्रचण्ड’

आरटिसी भुटान बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा

सुनसरी – इटहरी राजा फुटबल क्लबलाई ४–१ गोल अन्तरले हराउँदै

पाँच महिनामा ४० लाखको मह बिक्री

रुकुमपश्चिम – मह बिक्रीबाट यस वर्ष जिल्लाका किसानले रु ४०

श्रीलङ्काको समुद्री इलाकाबाट १० भारतीय मछुवा पक्राउ

कोलम्बो – श्रीलङ्काको जलसेनाले आइतबार राति आफ्नो जलक्षेत्रमा अवैध रूपमा

बजेट खर्च बढाउने गरी काम गर्न प्रदेश प्रमुखको आग्रह

कर्णाली – कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले कर्णालीमा बजेट खर्च