समुद्रमाथि संसारकै सानो देश‌, यस्ता छन् उक्त देशका रोचक तथ्य « Khabarhub

समुद्रमाथि संसारकै सानो देश‌, यस्ता छन् उक्त देशका रोचक तथ्य


१६ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संसारको सबैभन्दा सानो देश कुन हो ? जवाफ आउँछ भ्याटिकन सिटी । यो जवाफ सत्य पनि हो । तर, बेलायतको तटपारी एउटा त्यस्तो ठाउँ छ, जसले आफूलाई एउटा सार्वभौमसत्ता सम्पन्न देश मान्दछ ।

संसारका अरु कुनै पनि देशले त्यसलाई देशको मान्यता दिएका छैनन् । यदि त्यसो हुन्थ्यो भने यो देश संसारकै सबैभन्दा सानो देश हुन्थ्यो । तैपनि यो देशको आफ्नै झण्डा, राष्ट्रगान, मुद्रा राजसंस्था, राहदानी समेत छ । त्यस देशको नाम हो, सिल्याण्ड ।

सबैभन्दा गजबको कुरा त के छ भने, त्यस देश जमिनमा छैन । खासमा यो देश दोश्रो विश्वयुद्धमा जर्मन आक्रमणलाई परास्त गर्न बेलायतको तटपारी समुद्रमा बनाइएको एचएम फोर्ट रोग्स हवाई प्रतिरोधी तोपका दुई खम्बाजस्तो जगमा स्थापित छ । यहाँ बस्नका लागि घर छ, हेलिकोप्टर ल्याण्ड गर्न हेलिप्याड छ ।

यो देश बेलायतको सफोक शहरको तटभन्दा १२ किलोमिटर टाढा समुद्रमा दुई खम्बामाथि अवस्थित छ । यस देशले केही दर्जन मानिसलाई आफ्नो नागरिकता दिएको छ भने अरु सयौंले यहाँको राहदानी लिएका छन् ।

यो देशको इतिहास पनि उत्तिकै रोचक छ । दोश्रो विश्वयुद्धपछि पनि एक दशकसम्म फोर्ट रोग्समा बेलायती नौसेनाको उपस्थिति थियो । सन् १९५४ मा बेलायती नौसेना यहाँबाट हट्यो । त्यसपछि केही वर्ष त्यस स्थान जस्ताको त्यस्तै रह्यो । सन् १९६५ मा अवैध रेडियो सञ्चालक ज्याक मुर र उनकी छोरीले त्यहाँ कब्जा जमाए । त्यहीँबाट उनीहरुले रेडियो क्यारोलाइन नामक रेडियो सञ्चालन गर्न थाले ।

तर सन् १९६७ मा एक कानूनी लडाईंपछि एकजना पूर्व बेलायती सैनिक पेडी रोय बेट्सले फोर्ट रोग्समा आफ्नो पकड जमाए । मुरले जस्तै बेट्सले पनि यहाँबाट अवैध रेडियो नै सञ्चालन गर्ने विचार त गरेका थिए तर, उनको रेडियो कहिल्यै अन एअर भएन । त्यसपछि फोर्ट रोग्स भत्काउनका लागि त्यहाँ केही बेलायती कामदार त आएका थिए तर, बेट्सका छोरा माइकलले बन्दुक पड्काएर उनीहरूलाई त्यहाँबाट धपाए । यस घटनापछि बेट्सले त्यसलाई बेग्लै देश बनाउने विचार गरे ।

त्यसैअनुसार संविधान, राष्ट्रगान, झण्डा इत्यादिको व्यवस्था गरी उनले फोर्ट रोग्सलाई सिल्याण्ड नामक बेग्लै देश घोषणा गरे र आफूले आफैँलाई राजकुमार रोय घोषणा गरे । बेलायतले त्यसको विरोध गर्‍यो । तर, फोर्ट रोग्स अन्तर्राष्ट्रिय समुद्रमा रहेकाले बेलायतले त्यसको औचित्य पुष्टि गर्न सकेन ।

सन् १९६८ मा रेडियो क्यारोलाइनले केही भाडाका लडाकु जम्मा पारेर सिल्याण्डमाथि आक्रमण गर्‍यो । तर बेट्स र उनका सहयोगी मिलेर पेट्रोल बम र हवाई फायर गरेर सिल्याण्डमाथिको आक्रमण विफल पारे ।

गजबको घटना त सन् १९७८ मा घट्यो । जतिबेला सिल्याण्डको प्रधानमन्त्री घोषित जर्मन नागरिक अलेक्जेन्डर अशेनबाखले राजकुमार पेडी रोय बेट्स र राजकुमारी जोआना बेलायतमा रहेका बेला केही जर्मन र डच भाडाका लडाकु जम्मा पारेर सिल्याण्डमाथि सैनिक आक्रमण गरे ।

उनीहरुले सिल्याण्डका राजकुमार पेडी रोय बेट्सका छोरा माइकललाई बन्दी समेत बनाएका थिए । तर, माइकलले बहादुरीपूर्वक लडेर आक्रमणकारी लडाकुले आत्मसमर्पण गर्न बाध्य पारे । जर्मन नागरिक अशेनबाखले देशद्रोह गरेको फैसला गर्दै ३५ हजार अमेरिकी डलर जरिवाना तिर्न लगाइयो । त्यसयता सिल्याण्ड शान्त छ । सन् २०१२ मा राजकुमार पेडी रोय बेट्सको निधनपछि उनका छोराले सिल्याण्डको राजकुमार भएर शासन गरिरहेका छन् ।

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  ७ : ०९ बजे

आयोजना प्रभावितलाई सिलाइ मेसिन वितरण

दमौली– तनहुँ जलविद्युत आयोजनाको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण कार्ययोजना

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशबारे कांग्रेसले संसद्‌मा आवाज उठाउने

काठमाडौं– नेपाली कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा विषयमा संसद्मा आवाज उठाउने

कलेज बस दुर्घटनामा चार जना घाइते

भद्रपुर– यहाँको शिवसताक्षी नगरपालिका–९ स्थित चिल्लागढ धाम नजिक भित्री सडकमा

बैंकिङ कसुर मुद्दाका फरार कन्दङवा पक्राउ

काठमाडौं– काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर मुद्दामा

महासंघको साधारणसभामा चन्द्रका छोरा सचिनले ल्याए सबैभन्दा धेरै मत, कसको कति (सूचीसहित)

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारणसभा अन्तर्गत नेतृत्व