एएफसीले आयोजना गर्ने प्रतियोगितामा नेपालका 'ए' डिभिजन क्लबले भाग लिन नपाउने | Khabarhub Khabarhub

एएफसीले आयोजना गर्ने प्रतियोगितामा नेपालका ‘ए’ डिभिजन क्लबले भाग लिन नपाउने


१६ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालका ‘ए’ डिभिजन क्लबले एफएफसीले आयोजना गर्ने कुनै पनि फुटबल प्रतियोगितामा सहभागी हुन नपाउने भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले नयाँ सिजन २०२१ को एएफसी क्लब प्रतियोगिताको सहभागीताका लागि गरेको क्लब आवेदनमा एएफसीले मापदण्ड नपुगेको भन्दै  प्रस्ताव अस्वीकृत गरेको हो ।

एन्फाले सोमबार ए डिभिजनका १३ क्लबले दिएको लाईसेन्स आवेदन रद्ध भएको जनाएको छ ।

ए लाइसेन्स प्रक्रिया लगभग नजिक पुगेको विभागीय आर्मी क्लबलाई एएफसीले आर्मीको प्रतिबद्धता र प्रयासलाई प्रशंसा गरेको छ ।

यसअघिनै एन्फाले आवश्यक कागजातहरु नपुगेको भन्दै शीर्ष डिभिजनका क्लबलाई एएफसीको लाईसेन्सको सिफारिस नगर्ने बताउँदै आएको थियो ।

एन्फाले यसपटकबाट ‘ए डिभिजन लिग’ खेल्न एन्फा लाईसेन्स अनिबार्य गरेको छ ।

गत बर्ष गलत तरिकाले क्लबलाई लाईसेन्स वितरण गरेको भन्दै एएफसीले एन्फालाई ठुलो रकम आर्थिक जरिवाना गरेको थियो ।

 

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलबार  १० : २० बजे

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला