उपत्यकामा भीडभाड हुने गतिविधि नगर्न जिल्ला प्रशासनको निर्देशन | Khabarhub Khabarhub

उपत्यकामा भीडभाड हुने गतिविधि नगर्न जिल्ला प्रशासनको निर्देशन


१६ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना भाइरसको संक्रमण बढिरहेको समयमा उपत्यकामा भीडभाड हुने गतिविधि नगर्न निर्देशन दिएको छ।

जिप्रकाले आज एक सूचना जारी गर्दै विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीको जोखिम नेपालमा पनि फैलिएको र उपत्यकामा थप जोखिम रहेकाले भीडभाड नगर्न भनेको हो।

प्रशासन कार्यालयले जारी गरेको सूचनामा भनिएको छ, “पछिल्लो समय जिल्लामा विभिन्न माग राखी राजनीतिक तथा अन्य भीडभाडजन्य गतिविधि सञ्चालन गरेको भन्ने सूचना प्राप्त भएको छ।”

सोही कारण, सभा, जुलुस, प्रदर्शन र अभियानजस्ता गतिविधिहरू संक्रमणको स्थितिलाई भयावह बनाउने किसिमका भएको, साथै स्थानीय प्रशासन ऐन, २०२८ र संक्रामक रोग ऐन, २०२० विपरीत भएको प्रशासनले जानकारी गराएको छ।

त्यसैले, उपत्यकामा भीडभाडजन्य गतिविधिहरू नगर्न र नगराउन साथै महामारी रोकथाममा सहयोग पुर्‍याउन सबैमा अनुरोध गर्दै यसो गरेको पाइएमा कानुनबमोजिम कारबाही गर्ने बताएको छ।

“भीडभाडजन्य क्रियाकलाप गरेको/गराएको पाइएमा स्थानीय प्रशासन ऐन, २०२८ र संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गरिने छ।”

जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचना

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलबार  ३ : ०८ बजे

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको रहेको छ ।

साउदी लिगमा अल हिलालको अपराजित यात्रा कायमै

काठमाडौं– साउदी प्रो लिगमा अल-हिलालको अपराजित यात्रा कायम रहेको छ

सन्धिखर्कका किसानलाई कफीखेती तालिम

अर्घाखाँची– सन्धिखर्क नगरपालिका–१० धरम्पानीमा व्यावसायिक कफीखेती गर्ने किसानलाई एकदिने कफीखेतीसम्बन्धी

ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु

गलकोट– ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।  सोमबार

बाल अधिकारलाई प्राथमिकता दिन आग्रह

काठमाडौं– बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले आगामी आर्थिक वर्ष