उपत्यकामा भीडभाड हुने गतिविधि नगर्न जिल्ला प्रशासनको निर्देशन « Khabarhub

उपत्यकामा भीडभाड हुने गतिविधि नगर्न जिल्ला प्रशासनको निर्देशन


१६ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना भाइरसको संक्रमण बढिरहेको समयमा उपत्यकामा भीडभाड हुने गतिविधि नगर्न निर्देशन दिएको छ।

जिप्रकाले आज एक सूचना जारी गर्दै विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीको जोखिम नेपालमा पनि फैलिएको र उपत्यकामा थप जोखिम रहेकाले भीडभाड नगर्न भनेको हो।

प्रशासन कार्यालयले जारी गरेको सूचनामा भनिएको छ, “पछिल्लो समय जिल्लामा विभिन्न माग राखी राजनीतिक तथा अन्य भीडभाडजन्य गतिविधि सञ्चालन गरेको भन्ने सूचना प्राप्त भएको छ।”

सोही कारण, सभा, जुलुस, प्रदर्शन र अभियानजस्ता गतिविधिहरू संक्रमणको स्थितिलाई भयावह बनाउने किसिमका भएको, साथै स्थानीय प्रशासन ऐन, २०२८ र संक्रामक रोग ऐन, २०२० विपरीत भएको प्रशासनले जानकारी गराएको छ।

त्यसैले, उपत्यकामा भीडभाडजन्य गतिविधिहरू नगर्न र नगराउन साथै महामारी रोकथाममा सहयोग पुर्‍याउन सबैमा अनुरोध गर्दै यसो गरेको पाइएमा कानुनबमोजिम कारबाही गर्ने बताएको छ।

“भीडभाडजन्य क्रियाकलाप गरेको/गराएको पाइएमा स्थानीय प्रशासन ऐन, २०२८ र संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गरिने छ।”

जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचना

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलबार  ३ : ०८ बजे

ट्राफिक जरिबाना नतिर्ने दुई लाख ६१ हजार चालकले सवारीसाधन खरिदबिक्री गर्न नपाउने

काठमाडौं । ट्राफिक कारबाहीमा परेर जरिबाना नतिर्ने सवारी चालकले यातायात

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर

नक्कली भुटानी शरणार्थी प्रकरणमा यी ७ जनाले पाए सफाइ

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री

नक्कली भुटानी शरणार्थी : प्रकरण टेकनाथ रिजाल, केशव दुलाल, सानु भण्डारी दोषी ठहर

काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा शरणार्थी नेता टेकनाथ रिजालसहित तीन

आजका समाचार : एडीबीले नेपाललाई सहयोग गर्ने, मौद्रिक नीति सार्वजनिक, मनाङमा चामलको माग बढ्यो र हर्मुजमा फेरी हमला

चार विधेयक विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृतराष्ट्रियसभाले विभिन्न चार विधेयक