झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने « Khabarhub

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने


३० आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग गरिने भएको छ । जिल्ला सुरक्षा समितिले चाडपर्व लक्षित एकीकृत सुरक्षा योजना सार्वजनिक गर्दै सुरक्षा संवेदनशीलता हेरी मेला, महोत्सव तथा धार्मिक र सांस्कृतिक स्थलमा ड्रोनबाट निगरानी गर्ने जनाएको हो ।

योजनाअनुसार जिल्लाभर नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी दुई हजार १२७ सुरक्षाकर्मी परिचालन गरिनेछ । नेपाल प्रहरीतर्फ एक हजार १९२ र सशस्त्र प्रहरीतर्फ ९३५ सुरक्षाकर्मी खटाइने प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए ।“चाडपर्वका बेला हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण गरी नागरिकलाई सुरक्षित वातावरणमा पर्व मनाउने व्यवस्था मिलाउन एकीकृत सुरक्षा योजना बनाइएको हो”, उनले भने ।

सुरक्षा योजनाअन्तर्गत जिल्लाका ६२ संवेदनशील स्थानमा ुपिकेटु स्थापना गरिनेछ । त्यस्तै, ३५ टोलीबाट मोबाइल गस्ती र ३१ टोलीबाट पैदल गस्ती गरिनेछ भने सम्भावित घटनामा तत्काल परिचालन हुन सातवटा क्विक रेस्पोन्स टिम (क्यूआरटी) तयारी अवस्थामा राखिनेछ ।

चोरी, लुटपाट, पकेटमारी, जुवातास तथा सट्टेबाजी, मादक पदार्थ सेवनबाट हुने झैँझगडा र सवारी दुर्घटनालाई मुख्य सुरक्षा चुनौतीका रूपमा पहिचान गरिएको छ । यस्ता गतिविधि नियन्त्रण गर्न नियमित तथा आकस्मिक चेकिङ, संयुक्त जाँच र रात्रिकालीन गस्तीलाई तीव्रता दिइनेछ ।

त्यसैगरी, सीमा सुरक्षा तथा सीमापार अपराध नियन्त्रणका लागि थप जनशक्ति परिचालन गरिनेछ । ट्राफिक व्यवस्थापन, यात्रु सहायता कक्ष सञ्चालन र सवारीचालकको स्वास्थ्य जाँचलाई प्राथमिकता दिइनेछ ।

बैंक तथा वित्तीय संस्था, सुनचाँदी पसल र नगद कारोबार हुने प्रतिष्ठानलाई सुरक्षा व्यवस्था चुस्त राख्न तथा सीसी क्यामेरा दुरुस्त अवस्थामा राख्नसमेत आग्रह गरिने जिल्ला सुरक्षा समितिले जनाएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०८३, शुक्रबार  ११ : ०५ बजे

बाल–नाटक महोत्सवका लागि आलेख आह्वान

काठमाडौं – शैली थिएटरले १८औँ राष्ट्रिय बाल–नाटक महोत्सवका लागि नाटकको

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पुनः बुधबार बस्ने

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार बिहान ११

उपत्यकामा प्रदूषण जाँचमा परेका ३० प्रतिशतभन्दा बढी सवारीसाधन मापदण्डविपरीत

काठमाडौँ– काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढ्दै गएपछि सवारीसाधनबाट निस्कने धुवाँ

पाकिस्तान ए विरुद्ध नेपालले एकै ओभरमा गुमायो २ विकेट

काठमाडौं- एशिया कप इमर्जिङ स्टार्समा पाकिस्तान ए र नेपालबीच प्रतिस्पर्धा