प्रेमगीत ३ को लिरिकल गीत करोड क्लबमा « Khabarhub

प्रेमगीत ३ को लिरिकल गीत करोड क्लबमा


१६ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वाधिक प्रतिक्षारत नेपाली चलचित्र प्रेमगीत३ को लिरिकल गीत ‘हर युग होस् प्रेमको’ बोलको गीत नौ महिनामा सर्वाधिक १० मिलियन अर्थात १ करोड भ्यूज पाएको छ ।

प्रेमगीत ३ को शीर्ष गीतको रुपमा रहेको हर युग होस् प्रेमको गीतको लिरिकल भिडियो मात्र रिलिज भएको थियो । यो गीतलाई दर्शकले निकै असाध्यै रुचाएका छन् ।

यो गीतको शब्द राजेश कुमार श्रेष्ठ संगीत एलिश कार्की र आवाज प्रताप दास र प्रविशा अधिकारीको रहेको छ । यो समाचार तयार पारिरहदाँ यस गीतलाई १ लाख १२ हजार ३ सय ५० जनाले लाइक गरेका छन् भने ५ हजार ३ सय ५० जनाले डिसलाइक गरेका छन् । यस्तै गीतमा ७ हजार बढी कमेन्ट प्राप्त छन् ।

चलचित्र प्रेमगीत ३ मा प्रदिप खड्का, नव नायिका कृष्टिना गुरुङ, सुनिल थापा, शिव श्रेष्ठ, संतोष सेन, माओत्से गुरुङग, प्रेम पुरी, नवनायक मनिष रावत, अनुभव रेग्मी, सुजल बस्नेत, सम्बृद्धि शाही ठकुरी, योगीसा खत्री, लक्ष्मी बर्देवा, क्रिजल गौतम लगायतका कलाकारको मुख्य भूमिका छ ।

संतोष सेन निर्माता रहेको फिल्ममा सहनिर्माता कुमार सान शाह र ओएसआर डिजिटल छन् । भने कार्यकारी निर्माता चक्र बहादुर चन्द र मिलन सेन रहेको चलचित्र प्रेमगीत ३ लाई सन्तोष सेन र स्वर्गीय निर्देशक छेतेन गुरुङले संयुक्त रुपमा निर्देशन गरेका हुन् । गतबर्षको चैत्रमा २८ गते प्रदर्शनमा आउने तयारीमा थियो । तर कोरोना महामारीका कारण चलचित्रको प्रदर्शन रोकिएको थियो हो । हलहरु अहिलेसम्म नखुलेका कारण चलचित्रको प्रदर्शन मिति अझैपनि अन्योलमा रहेको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलबार  ३ : २९ बजे

प्रधानमन्त्री कप : नेपाल पुलिस क्लब ६ विकेटले विजयी

वीरगञ्ज– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गतको आजको खेलमा नेपाल

एमाले संसदीय दलको नेता हुन सक्छन् उपाध्यक्ष बादल

काठमाडौं– नेकपा एमालेले संसदीय दलको नेता रामबहादुर थापा बादललाई बनाउने

सरकार राज्य आतंकतर्फ उन्मुख भएको निष्कर्ष निकाल्दै प्रतिवादमा उत्रन एमालेको आह्वान

काठमाडौं– नेकपा एमालेले सरकार राज्य आतंकतर्फ उन्मुख भएको निष्कर्ष निकाल्दै

यातायात कार्यालयबाट सात जना बिचौलिया पक्राउ

काठमाडौं– काठमाडौँ महानगरपालिका–१५ सानो भर्‍याङस्थित यातायात व्यवस्था कार्यालयबाट सात जना

नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार

काठमाडौं– यो साता कारोबारको सुरुआती दुई दिन उच्च अङ्कले घटेको