फेसबुक ह्याक गरी ‘ब्ल्याकमेल’ गर्ने दुई पक्राउ « Khabarhub

फेसबुक ह्याक गरी ‘ब्ल्याकमेल’ गर्ने दुई पक्राउ


१६ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा– बारा प्रहरीले फेसबुक ह्याक गरी विभिन्न व्यक्तिलाई ब्ल्याकमेल गरेर रकम ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सप्तरीको सीतापुर गाउँपालिका वडा नं. ३ बस्ने ३१ वर्षीय रामदेव साह र सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर ४ बस्ने २३ वर्षीया मनिषा गिरी छन्।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ की एक जना महिलाको फेसबुक एकाउन्ट ह्याक गरी ३० हजार रुपैयाँ नदिए तिम्रा अश्लिल तस्बिरहरू नेटमार्फत् सामाजिक सञ्जालमा राखी दिने भन्दै उनीहरूले रकम ठगी गरेका थिए।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीको टोलीले सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर ६ इटहरी बजारमा रहेको आइएमइबाट ठगी गरेको रकम झिकिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेकालाई आपराधिक लाभ मुद्दा शीर्षकमा हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलबार  १० : १५ बजे

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज ३१ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने