कालीकोटकी नन्दासँग विवाह बन्धनमा बाँधिदै रमेश « Khabarhub

कालीकोटकी नन्दासँग विवाह बन्धनमा बाँधिदै रमेश


१६ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चर्चित प्रखर वक्ता रमेश प्रसाईं वैवाहिक बन्धनमा बाँधिने भएका छन् ।

उनले कालीकोटकी नन्दा सिंहसँग लगनगाँठो कस्ने भएका हुन् । रमेश र नन्दाले आगामी २२ गते सोमबारका दिन बिबाह गर्न लागेका हुन् । उनीहरुले धरानमा बिहे गर्ने बुझिएको छ ।

दृष्टिविहीन भए पनि प्रसाईं आफ्नो अद्भुत क्षमताका कारण चर्चित छन् । मिठो स्वरका धनी प्रसाईंसँग विवाह गर्न लागेकी नन्दा पनि दृष्टिविहीन नै हुन् ।

आफ्नो बोलीबाटै करोडौं दर्शक तथा स्रोताको मन जितेका रमेश विगत तीन बर्षदेखी नन्दासँग प्रेम सम्बन्धमा रहेको बुझिएको छ ।

यसअघि लाइभ दोहोरी गाएपछि गायिका कल्पना दाहालसँग रमेशको नाम जोडिएको भएपनि कल्पना र रमेश मिल्ने साथी मात्र थिए । उक्त समयमा पनि रमेश र नन्दा गहिरो प्रेम सम्बन्धमा नै थिए ।

विशेष जानकारी अनुसार रमेश धरानबाट काठमाडौं बस्ने गरी आइसकेपछि उनीहरुको प्रेम थप गाढा भएको हो । नन्दा र रमेशबीच ३ वर्षदेखि प्रेम सम्बन्ध रहेको छ ।

३ वर्ष अगाडि नन्दालाई रमेशले प्रेम प्रस्ताव राखेका थिए । ३ वर्ष अगाडि इन्द्रेणी कार्यक्रममा भेट भएपछि उनीहरु नजिक भएका थिए ।

अहिले सामाजिक सञ्जालमा उनीहरुको बिहेको निमन्त्रणा कार्ड भाइरल भएको छ ।

तस्वीर- सामाजिक सञ्जालबाट

उनीहरुलाई सामाजिक सञ्जालमार्फत बधाई तथा शुभकामना आइरहेका छन् । आफूहरुको बिहेको विषयमा रमेश र नन्दाले भने सामाजिक सञ्जालमा कुनैपनि प्रतिक्रिया दिएका छैनन् ।

नन्दा पनि एक समाजसेवी हुन् । विगत केही वर्षदेखि उनी काठमाडौंको चाबहिलमा बाल आश्रम सञ्चालन गरिरहेकी छिन् । नन्दाले १० जना अनाथ बालबालिकालाई आश्रय दिएकी छिन् ।

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलबार  ६ : ३४ बजे

विदेशी मुद्रासहित भारतीय नागरिक पक्राउ

सिद्धार्थनगर– गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट काठमाडौँ जान लागेका एक भारतीय नागरिकका साथबाट

‘अबको केही महिनामा नेपाल र भारत दुवैतिरबाट उच्चस्तरीय भ्रमण हुन सक्छ’

काठमाडौं– गत शुक्रबार भारतको तीन दिने औपचारिक भ्रमणमा गएका परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल भारतको तीनदिने औपचारिक भ्रमण सम्पन्न गरी आज

काठमाडौंमा रिट्ज-कार्लटन र वेस्टिन होटल सञ्चालन गर्ने सम्झौता

काठमाडौं– चौधरी ग्रुप (सीजी) ले म्यारियट इन्टरनेशनलसँग काठमाडौंमा दुई नयाँ

कोडेभर ७.० मा नेपाली विद्यार्थीका ६ टोली अन्तर्राष्ट्रिय पुरस्कार जित्न पुरस्कृत

काठमाडौं– विश्वकै सबैभन्दा ठूलो एआई, कोडिङ तथा रोबोटिक्स प्रतियोगिता कोडेभर