३३/११ केभीको लाँकुरी सबस्टेसन सञ्चालनमा « Khabarhub

३३/११ केभीको लाँकुरी सबस्टेसन सञ्चालनमा


१६ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रोल्पा– रोल्पाको लाँकुरीमा नेपाल विद्युत प्राधिकरणको ३३/११ केभी शवस्टेशन चार्ज भएको छ।

ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले प्राधिकरणको पूर्ण स्वामित्वमा रोल्पा नगरपालिका- ३ लाँकुरीमा नवनिर्मित शवस्टेशनको सोमबार उद्घाटन गरेसँगै त्यसबाट विद्युत वितरण सुरु भएको छ।

योसँगै रोल्पाका अधिकांश क्षेत्रका ग्राहकले भरपर्दो विद्युत सेवा पाउने भएका छन्। शवस्टेशन अभावमा यसअघि जिल्लामा पटकपटक विद्युत सेवा अवरुद्ध हुने गरेको थियो।

यसअघि रोल्पामा रहेको ३३ केभीको वितरण प्रणाली नयाँ शवस्टेशन सञ्चालनमा आएसँगै विस्थापित भएको छ। शव स्टेशनको सञ्चालनपछि एक स्थानमा समस्या हुँदा सबैतिर अँध्यारो हुने, प्राविधिक चुहावट कम हुने तथा उद्योग सञ्चालनका लागि विद्युत सेवा नियमित उपलब्ध हुने भएको छ।

भारतको एटू-जेड इन्फ्रा इन्जिनियरिङ र नेपालको त्रिपुरेश्वर-जयदुर्गे जेभीले निर्माण गरेको उक्त शवस्टेशन एसियाली विकास बैंकको १० करोड रुपैयाँको सहयोगमा निर्माण सम्पन्न भएको हो।

शवस्टेशनबाट रोल्पाका सुनील स्मृति गाउँपालिका, लुङ्ग्र गाउँपालिका, सुनछहरी गाउँपालिका, रुण्टीगढी गाउँपालिका र रोल्पा नगरपालिकाका ग्राहकले विद्युत सेवा पाउनेछन्।यसअघि रोल्पामा प्यूठानको झिम्रुक शवस्टेशनबाट विद्युत वितरण हुँदै आएको थियो।

शवस्टेशन उद्घाटन समारोहमा मन्त्री पुनले आगामी दुई वर्षभित्र देशका अधिकांश भू-भागमा विद्युतीकरण गरिसक्ने बताए। उज्यालो समृद्धि र विकासको प्रतीक भएकाले सरकारले उज्यालोलाई प्राथमिकतामा राखेको उनको भनाइ थियो।

‘ज्यालो समृद्धिको प्रतीक हो, समृद्धिको ढोका हो’, मन्त्री पुनले भने, ‘सरकारले दुई वर्षभित्र हरेक नेपालीको घरमा विद्युत पुर्‍याउने गरी काम गरिरहेको छ।’

मन्त्री पुनले रोल्पामा बन्न लागेको १ सय ५६ मेगावाटको माडी जलासययुक्त आयोजनाको विस्तृत आयोजना अध्ययन करिब सकिएकाले अब छिट्टै निर्माणको प्रक्रिया अघि बढ्ने जानकारी दिए।

कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरण जनताको घरमा बिजुली पुर्‍याउने मात्र नभई विद्युत सेवालाई थप गुणस्तरीय र भरपर्दो बनाउने काममा सक्रिय रहेको बताए।

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलबार  ६ : ५२ बजे

ट्राफिक जरिबाना नतिर्ने दुई लाख ६१ हजार चालकले सवारीसाधन खरिदबिक्री गर्न नपाउने

काठमाडौं । ट्राफिक कारबाहीमा परेर जरिबाना नतिर्ने सवारी चालकले यातायात

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर

नक्कली भुटानी शरणार्थी प्रकरणमा यी ७ जनाले पाए सफाइ

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री

नक्कली भुटानी शरणार्थी : प्रकरण टेकनाथ रिजाल, केशव दुलाल, सानु भण्डारी दोषी ठहर

काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा शरणार्थी नेता टेकनाथ रिजालसहित तीन

आजका समाचार : एडीबीले नेपाललाई सहयोग गर्ने, मौद्रिक नीति सार्वजनिक, मनाङमा चामलको माग बढ्यो र हर्मुजमा फेरी हमला

चार विधेयक विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृतराष्ट्रियसभाले विभिन्न चार विधेयक