कालोबजारी गर्ने ८ कम्पनीमाथि वाणिज्य विभागको कारबाही « Khabarhub

कालोबजारी गर्ने ८ कम्पनीमाथि वाणिज्य विभागको कारबाही


१६ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ विरुद्ध गतिविधि गर्ने ८ कम्पनीलाई कारबाही गरेको छ ।

विभागद्वारा सञ्चालित दैनिक बजार अनुगमनका क्रममा कालोबजारी गरेको पाइएपछि ती कम्पनीमाथि कारबाही गरिएको हो ।

विभागको कारबाहीमा पर्नेमा काठमाडौं टोखा ५ स्थित बुढाथोकी हार्डवयर, कामनपा ९ स्थित न्यू शिव खाद्य भण्डार, कामनपा ८ मदन दास इन्टरप्राइजेज, कामनपा ३२ सूर्यचन्द्र इन्टरप्राइजेज, ललितपुर १४ स्थित निड्स मार्ट प्रा.लि र सोफिया स्टोर र ललितपुर महानगरपालिका ९ स्थित नखिपोट मिनी मार्ट रहेका छन् ।

उक्त कम्पनीहरु मार्फत विभागले कुल १ लाख २१ हजार रुपैयाँ जरिवान असुल गरेको छ ।

मंगलबारको बजार अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ विरुद्ध गतिविधि सञ्चालन गरेको कारबाही गरेको पाइएपछि उक्त कम्पनीहरुलाई ऐन बमोजिम कारबाही गरिएको विभागले जनाएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलबार  ९ : ५३ बजे

सनी देओल अभिनीत ‘बोर्डर २’ को टिजर सार्वजनिक

काठमाडौँ– बलिउड अभिनेता सनी देओल अभिनीत प्रतीक्षित फिल्म ‘बोर्डर २’

जुम्लामा १८ हजार मेट्रिकटन स्याउ उत्पादन

जुम्ला– जुम्लामा यो वर्ष करिब १८ हजार २४५ मेट्रिकटन स्याउ

म्यान्मा : चुनाव ‘अवरोध’ आरोपमा सयौँमाथि मुद्दा चलाउने तयारी

एजेन्सी– म्यान्माको सैन्य जुन्ताले बुधबार सेनाद्वारा सञ्चालित आगामी चुनावलाई ‘अवरोध’

मुलुक हरेक दृष्टिकोणले सम्पन्न छ : अध्यक्ष लिङ्देन

बनियानी– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुक धार्मिक,

ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–१४ बल्खुमा ग२ख २०३९ नम्बरको ट्रकले बाप्र ०२–०६१