‘बाल यौनदुराचार’को आरोपमा फ्रेन्च नागरिक पक्राउ  « Khabarhub

‘बाल यौनदुराचार’को आरोपमा फ्रेन्च नागरिक पक्राउ 


१६ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– प्रहरीले बाल यौनदुराचार गरिरहेको अवस्थामा एकजना फ्रेन्च नागरिकलाई पोखराबाट पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो र जिल्ला प्रहरी कार्यालय कास्कीको संयुक्त टोलीले विगत १५ वर्ष देखि निरन्तर नेपालमा बसिरहेका फ्रान्सका नागरिक ६१ वर्षीय क्रिस्टीयन सर्ज हेनरी ओग्रेटलाई पक्राउ गरेको हो ।

उनी पेशाले कम्प्युटर इन्जिनियर हुन् । ब्यूरोका अनुसार उनी पोखरा महानगरपालिका–१७ बिरौता पावरहाउस फुस्रेखोला बगरमा ७ वर्षीय, ८ वर्षीय र १२ वर्षीय गरी ३ जना नाबालकलाई बाल यौन दुरुपयोग र शोषण गरिरहेको अवस्थामा पक्राउ परेका हुन् ।

नेपाली महिलालाई विवाह गरेका उनी नेपालमा गैर पर्यटक भिसामा बस्दै आएका थिए । उनी पहिलो पटक नेपालमा सन् २००५ मा प्रवेश गरेयता आउजाउ गरिरहे पनि धेरै समय नेपालमा बस्दै आएका थिए ।

कास्की प्रहरीले उनीविरुद्ध बाल यौन दुराचार मुद्दामा मंगलबार जिल्ला अदालत कास्कीबाट अनुसन्धान म्याद लिएको छ ।

उनका साथमा रहेका बालकहरुलाई परिवारको जिम्मा लगाउनुका साथै उनीहरुबाट जाहेरी लिएर कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलबार  ७ : ३५ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया