सौराहामा हात्तीलाई वनभोज खुवाइयो « Khabarhub

सौराहामा हात्तीलाई वनभोज खुवाइयो


१७ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- सौराहामा जारी १६औँ चितवन हात्ती महोत्सवअन्तर्गत बुधबार हात्तीलाई वनभोज खुवाइएको छ ।

महोत्सवको कार्यक्रममध्ये हात्तीको वनभोज निकै आकर्षक मानिन्छ । आयोजक क्षेत्रीय होटल सङ्घ सौराहा चितवनका अनुसार वनभोजमा ८५ वटा हात्ती सहभागी भएका थिए ।

वनभोजमा हात्तीलाई मन पर्ने खानेकुरा दिइन्छ । धेरै हात्तीलाई एकै ठाउँमा जम्मा गरी उनीहरुलाई मनपर्ने खानेकुरा, फलफूल, बन्दा, उखु, फर्सी, गाजर आदि खान दिइएको क्षेत्रीय होटल सङ्घ सौराहा चितवनका उपाध्यक्ष तथा खेल संयोजक अञ्जनकुमार पाण्डेले जानकारी दिए ।

उनले वनभोजमा चितवन राष्ट्रिय निकुञ्ज र निजीरूपमा पालिएका हात्तीहरु सहभागी भएको बताए । हात्ती वनभोज कार्यक्रममा रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले विशेष मौका परी वनभोज खुवाउँदा हात्तीप्रतिको सम्मान झल्कने र सकारात्मक सन्देश जाने बताए ।

हात्तीका यस्ता गतिविधि हेर्न स्वदेशी तथा विदेशी पर्यटकहरुको सौराहामा ठूलो भीड लाग्ने गरेको छ ।

नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष शुभारम्भसँगै जारी हात्ती महोत्सवलाई महत्वका साथ लिइएको छ । क्षेत्रीय होटल सङ्घ नेपाल चितवनको आयोजनामा शुक्रबारसम्म बाघमारा सामुदायिक वनको चौरमा महोत्सव सञ्चालन हुँदैछ ।

यस वर्षको महोत्सवको नारा ‘हात्ती मेरो साथी’ भन्ने तय गरिएको छ । लोप हुँदै गएको हात्तीको संरक्षण र यसको महत्वबारे जानकारी दिनुका साथै महोत्सवमा हात्तीसँग सम्बन्धित गतिविधि समावेश गरिनेछ ।

महोत्सवमा हात्ती वनभोजसँगै हात्ती ‘फास्टवाक’ प्रतियोगिता, हात्तीका छावाहरुको रोमाञ्चकारी फुटबल प्रतियोगिता, हात्ती सुन्दरी प्रतियोगिता, हात्तीपोलो, हात्ती पेन्टिङ प्रतियोगिताका साथै प्रत्येक दिन राष्ट्रिय तथा स्थानीय कलाकारको विविध सांस्कृतिक कार्यक्रम आयोजना भइरहेको हात्ती महोत्सवका संयोजक एवं क्षेत्रीय होटल सङ्घका वरिष्ठ उपाध्यक्ष राममणि खनालले जानकारी दिए ।

प्रकाशित मिति : १७ पुस २०७६, बिहीबार  ६ : ३६ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका