नयाँ मोदी–लेखनाथ प्रसारण लाइन निर्माणमा अवरोध | Khabarhub Khabarhub

नयाँ मोदी–लेखनाथ प्रसारण लाइन निर्माणमा अवरोध


१७ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत– पर्वतको देउपुरदेखि कास्कीको लेखनाथसम्मको नयाँ मोदी–लेखनाथ प्रसारण लाइनको निर्माण कार्यमा स्थानीयवासीले अवरोध गरेका छन् ।

पर्वतको मोदी गाउँपालिका–१ शेराबेँसीका बासिन्दाले विद्यालय नजिकबाट प्रसारण लाइन निर्माण गर्न थालिएको भन्दै स्थानान्तरणको मागसहित अवरोध गरेका हुन् ।

स्थानीय नवज्योति थम माविलाई प्रसारण लाइनले प्रत्यक्ष प्रभाव पर्ने दाबीसहित उनीहरुले स्थानान्तरण गर्न माग गरेका छन् ।

पर्वत भएर बग्ने मोदीखोला, कास्कीमा बग्ने सेतीनदी र मर्दीखोलामार्फत बन्ने विद्युत् आयोजनाबाट उत्पादित विद्युत्लाई पोखरास्थित सवस्टेशनबाट राष्ट्रिय प्रसारण लाइनमा जोड्न नयाँ प्रसारण लाइन निर्माण भइरहेको छ ।

पर्वतको मोदी गाउँपालिका–२ देउपुरदेखि कास्कीको पोखरा महानगरपालिका लेखनाथसम्म निर्माण हुने प्रसारण लाइन ४२ किलोमिटर लामो छ ।

प्रसारण लाइनमा १३८ वटा टावर रहने छन् । त्यसमध्ये शेराबँेसीका तीन वटा टावर स्थानान्तरण गरेर तल वा माथिबाट लानुपर्ने माग स्थानीयवासीको छ ।

“तीन वटा टावर स्थानान्तरण नगर्ने हो भने विद्यालयमा प्रत्यक्ष प्रभाव पर्छ”, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टुलक अधिकारीले भने, “जुनसुकै मूल्य चुकाएर पनि हामीले स्थानान्तरण गराई छाड्छौं ।” अहिले डिजाइन भएको ठाउँभन्दा माथि र तलबाट लैजान सक्ने विकल्प रहेको अध्यक्ष अधिकारी बताउँछन् ।

भारतीय एक्जिम बैंकको सहयोग र नेपाल सरकारको समेत लगानीमा रु दुई अर्ब २५ करोडको लागतमा निर्माण हुने प्रसारण लाइन डेढ वर्षभित्र सक्ने लक्ष्य राखिएको थियो ।

आगामी जुनसम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएपछि पर्वतको देउपुर कोरुङ्गा र कास्कीको माछापुच्छे« गाउँपालिकाको लाहाचोकका दुई वटा सवस्टेशन अन्तिम चरणमा पुगेका छन् । प्रसारण लाइन निर्माणमा भने जग्गा विवाद र स्थानीयको अवरोधका कारण समयमा काम सम्पन्न कठिन भइरहेको नयाँमोदी पोखरा प्रसारण लाइन आयोजनाका प्रमुख रोशन अग्रवालले जानकारी दिए ।

पर्वतमा कम विवाद भए पनि कास्कीमा प्रसारण लाइन बनाउन कठिन भएकाले परियोजना नै असफल हुने अवस्था आउन सक्ने चिन्ता आयोजना प्रमुख अग्रवालको छ । पर्वतको मोदी गाउँपालिका–१ शेराबेँसीमा विद्यालयमा कुनै असर नै नपर्ने दाबी उनको छ ।  “अहिले डिजाइन भएको स्थानभन्दा माथिबाट लैजाँदा भिर र घर पर्ने र तलबाट लैजाँदा मोटरेबल पुल र झोलुङ्गे पुलका कारण क्लियरिङ एरिया पुग्दैन”, उनले भने, “विद्यालयलाई पनि असर नपर्ने र सबै हिसाबले डिजाइन भएकाले स्थानान्तरण गर्ने सम्भावना नै छैन ।”

प्रसारण लाइन बनेपछि देउपुरस्थित सवस्टेशनमा मोदीखोला र आसपासका नदीबाट उत्पादित विद्युत् जोडिने छन् भने कास्कीको लहाचोक सवस्टेशनमा सेतीनदी र मर्दीखोलाबाट उत्पादित विद्युत् जोडिने छन् ।

प्रकाशित मिति : १७ पुस २०७६, बिहीबार  १० : २५ बजे

जनप्रशासन क्याम्पसबाट नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं– काठमाडौंबाट एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । नक्कली परीक्षार्थी

घनपोखराको प्रकृति र संस्कृति पदयात्रा पर्यटनसँग जोडिँदै

गण्डकी– लमजुङको मर्स्याङ्दी गाउँपालिका–१ स्थित घनपोखराका प्रकृति र संस्कृति सम्पदालाई

संसदीय समितिमा पारित भएका विधेयकमाथि छेडखानी नहोस् : प्रचण्ड

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रमुख

सुरक्षित र मर्यादित आप्रवासन हाम्रो साझा प्रतिबद्धता हो : मन्त्री भण्डारी

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सुरक्षित र

सामुदायिक विद्यालयका ४३८ विद्यार्थीलाई पोसाक वितरण

भोजपुर– रामप्रसाद राई गाउँपालिका–६ बैकुण्ठेका पाँच सामुदायिक विद्यालयका विद्यार्थीलाई पोसाक