कश्मीरको गोलीबारीमा भारतीय सेनामा कार्यरत नेपालीको मृत्यु « Khabarhub

कश्मीरको गोलीबारीमा भारतीय सेनामा कार्यरत नेपालीको मृत्यु


१७ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारत प्रशासित कश्मीरको राजोरी जिल्लाअन्तर्गत पाकिस्तानसँगको सीमा क्षेत्रको नियन्त्रण रेखा (एलओसी)मा भएको भिडन्तमा परी भारतीय सेनामा कार्यरत एक नेपालीको मृत्यु भएको छ ।

केही संदिग्ध व्यक्तिको खोजीका क्रममा चलाइएको सर्च अपरेशनका क्रममा भिडन्त हुँदा भारतीय सेनातर्फ २ जनाको ज्यान गएको थियो ।

ज्यान गुमाउनेमध्ये १ जना नेपाली छन् भने अर्का भारतीय छन् ।

भारतीय सेनातर्फ ज्यान गुमाउने नेपालीमा गोरखाको रिप गाउँका २५ वर्षीय अर्जुन थापामगर छन् । उनी भारतीय गोर्खा सैनिकको जवान (राइफल म्यान) हुन् ।

उक्त भिडन्तमा ज्यान गुमाउने अर्का सैनिक भारतको महाराष्ट्र राज्यअन्तर्गत सतराका २९ वर्षीय सावन्थ रघुनाथ छन् ।

भारतीय सञ्चारमाध्यममा जनाइएअनुसार नियन्त्रण रेखा क्षेत्रमा केही संदिग्ध घुसेको आशंकामा गएको मंगलबारदेखि सर्च अपरेशन चलाइएको थियो ।

उक्त अपरेशनका क्रममा बुधबार पाकिस्तानी क्षेत्रबाट गोली चलेपछि दोहोरो भिडन्त भएको थियो । दोहोरो भिडन्तका क्रममा गोली लागेर घाइते भएका मगरको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको जनाइएको छ ।

प्रकाशित मिति : १७ पुस २०७६, बिहीबार  ११ : २१ बजे

खगेन्द्र सुनारको चेतावनी : आरोपितलाई काखी च्यापेर फैसला गर्दै नहिँडौँ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

देउवा भन्छन्– सबै मिलेर जनतामा आशा जगाउनुपर्नेछ

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

काठमाडौँका यी पाँच स्थानमा वितरण गरिँदैछ ग्यास, नागरिकता अनिवार्य चाहिने

काठमाडौं । नेपाल आयल निगमले शनिबार पाँच स्थानबाट ग्यास वितरण

कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

ओखलढुङ्गा – ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका-५ स्थित मेले गुम्बा टोलमा कुहिरोबाट

बेनी-जोमसोम र बेनी-दरवाङ सडक रातिमा बन्द

म्याग्दी – जिल्ला प्रशासन कार्यालयले म्याग्दीका मुख्य दुई वटा सडकमा