नेकपा सचिवालय बैठक बस्दै, सभामुख र राष्ट्रियसभा सदस्यको चयन गर्ने « Khabarhub

नेकपा सचिवालय बैठक बस्दै, सभामुख र राष्ट्रियसभा सदस्यको चयन गर्ने


१७ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दैछ । बैठक अपराह्न ४ बजेका लागि बोलाइएको छ ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजका लागि सचिवालय बैठक बोलाइएको बताए ।

विहीवार एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले नेकपाको सचिवालय बैठक आजका लागि बोलाइएको र त्यस अघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफ्नो छलफल रहेको जानकारी दिए ।

‘प्रधानमन्त्री ज्यूले साढे १२ बजेभित्र काठमाडौं आइपुग्न भन्नु भएको छ’ कार्यक्रममा प्रचण्डले भने,‘हामीले राष्ट्रियसभा सदस्यहरुको छनोट गर्नुपर्ने छ भने सभामुखको चयन गर्ने कुरा छ ।’

नेकपाले सभामुखको उम्मेदवार चयन लगाउन सकेको छैन । जसका कारण प्रतिनिधि सभाको बैठक समेत बस्न सकेको छैन ।

सभामुखमा ओलीले सुवास नेम्वाङ र प्रचण्डले अग्नी सापकोटालाई अघि सारेका छन् । जसका कारण सभामुख चयनमा समस्या देखिएको छ ।

प्रकाशित मिति : १७ पुस २०७६, बिहीबार  १२ : २३ बजे

खगेन्द्र सुनारको चेतावनी : आरोपितलाई काखी च्यापेर फैसला गर्दै नहिँडौँ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

देउवा भन्छन्– सबै मिलेर जनतामा आशा जगाउनुपर्नेछ

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

काठमाडौँका यी पाँच स्थानमा वितरण गरिँदैछ ग्यास, नागरिकता अनिवार्य चाहिने

काठमाडौं । नेपाल आयल निगमले शनिबार पाँच स्थानबाट ग्यास वितरण

कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

ओखलढुङ्गा – ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका-५ स्थित मेले गुम्बा टोलमा कुहिरोबाट

बेनी-जोमसोम र बेनी-दरवाङ सडक रातिमा बन्द

म्याग्दी – जिल्ला प्रशासन कार्यालयले म्याग्दीका मुख्य दुई वटा सडकमा