रिभर्स रिपोमार्फत १० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक « Khabarhub

रिभर्स रिपोमार्फत १० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक


१७ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले रिभर्स रिपो जारी गरी बजारबाट १० अर्ब रुपैयाँ खिच्ने भएको छ ।

राष्ट्र बैंकले बजारमा तरलता सन्तुलन राख्न पुस १७ गते बिहीबार दश अर्ब रुपैयाँको तरलता प्रशोचन गर्न लागेको हो ।

राष्ट्र बैंकले जारी गरेको ७ दिनको अवधिको उक्त रिभर्स रिपो पुस २४ गते परिपक्व हुनेछ । रिपो खरिदका लागि मास्टर्स रिपर्चेज एग्रिमेन्ट अनिवार्य हुनुपर्नेछ ।

राष्ट्र बैंकले जारी गर्ने रिभर्स रिपो लिन गर्न चाहने बैंकहरुले बिहीबार दिउँसो २ बजेसम्म अनलाइन बिडिङ मार्फत आवेदन गर्न सक्नेछन् ।

नेपाल राष्ट्र बैंकले वित्तीय क्षेत्रमा तरलता सन्तुलन कायम गर्न बेला बेलामा विभिन्न उपकरणहरु जारी गर्ने गर्छ । राष्ट्र बैंकले बजारमा तरलता अधिक हुँदा खिच्ने र कम भएमा विभिन्न उपकरणमार्फत तरलता पठाउने गर्छ।

हाल वित्तीय क्षेत्रमा अधिक तरलता भएपछि राष्ट्र बैंकले अन्तर बैंकिङ ब्याजदरलाई नियन्त्रणमा राख्न तरलता खिच्न गर्न लागेको हो ।
अहिले बैंकिङ्ग क्षेत्रमा सीआरआर बाहेक ५० अर्ब बढी तरलता रहेको छ ।

प्रकाशित मिति : १७ पुस २०७६, बिहीबार  २ : ३८ बजे

५ हजार ५ सय मत गणना हुँदा कसले कति मत ल्याए ? (सूचीसहित)

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा उपसभापतिमा चन्द्रकान्त

सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ

काठमाडौं – भक्तपुरको मध्यपुरथिमि नगरपालिका-१ लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

बूढीगण्डकी बाढी : पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार

काठमाडौं – गोरखाको बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीका कारण पाँच

दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट

कञ्चनपुर – सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त र दोधारा-चाँदनी जोड्ने

शक्तिशाली भूकम्पका परकम्पपछि पानामामा सङ्कटकाल घोषणा

काठमाडाैं – शक्तिशाली भूकम्पपछि लगातार आएका परकम्पले बस्ती हल्लाएसँगै पानामा