गाउँ–गाउँमा खेल पूर्वाधार निर्माण सरकारको प्राथमिकतामाः मन्त्री विश्वकर्मा « Khabarhub

गाउँ–गाउँमा खेल पूर्वाधार निर्माण सरकारको प्राथमिकतामाः मन्त्री विश्वकर्मा


१७ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले वर्तमान सरकारले खेलकुदको विकासका लागि गाउँ–गाउँमा खेल पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको बताउनुभएको छ ।

पोखरा महानगरपालिका–२३ चापाकोटको बाम्दीमा आज ‘बाम्दी खेल मैदान’को शिलान्यास गर्दै उनले देशका लागि आवश्यक राष्ट्रिय अन्तरराष्ट्रियस्तरका खेलाडी उत्पादनका लागि सरकारले गाउँ–गाउँमा समेत खेल पूर्वाधार निर्माण गर्ने बताए ।

मन्त्री विश्वकर्मा नेपालमा हालै सम्पन्न १३औँ दक्षिण एशियाली खेलकुद (साग) लाई लक्ष्य गरी निर्माण थालनी भएका खेलकुद पूर्वाधारसमेत छिट्टै सम्पन्न गरिने उनले स्पष्ट पार्नुभयो ।

खेल क्षेत्रको विकासका लागि पूर्वाधार नै पहिलो आवश्यकता रहेकामा जोड दिँदै उनले भने, “खेल क्षेत्रको विकास पूर्वाधारबिना सम्भव छैन, राष्ट्रका लागि चाहिने राष्ट्रिय/अन्तरराष्ट्रियस्तरका खेलाडी उत्पादनका लागि सरकारले पूर्वाधार निर्माणलाई नै मुख्य गरी जोड दिएको छ ।”

मन्त्री विश्वकर्माले वर्तमान सरकारले सातै प्रदेशमा अन्तरराष्ट्रियस्तरको रङ्गशाला, ७५३ पालिकामा एक-एक खेलग्राम तथा एक वडा एक खेल मैदानलगायतका कार्यक्रममार्फत बिकट गाउँबस्तीमा समेत खेलकुद विकास गर्ने योजना अघि सारेको जानकारी दिए ।

फेवाताल किनारस्थित बाम्दीमा करीब १५ रोपनी जमीन समथर बनाएर खेल मैदान बनाउन लागिएको हो । मैदान सम्याएर पहिलो चरणमा भलिबल कोर्ट निर्माण गरिने बताइएको छ । युवा तथा खेलकुद मन्त्रालयको चालू वर्षको एक वडा एक खेल मैदान निर्माण कार्यक्रमअन्तर्गतको रु ५० लाख बजेटबाट भलिबल कोर्टलगायतका पूर्वाधार तयार गर्ने योजना रहेको बाम्दी खेल मैदान निर्माण उपभोक्ता समितिका अध्यक्ष भीम पराजुलीले बताए ।

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले गत प्रदेशसभा निर्वाचनको समयमा जनतामाझ व्यक्त गरिएको प्रतिबद्धता पूरा गर्ने सङ्कल्पअनुसार खेल मैदान निर्माण अघि बढेको चर्चा गर्दैै बाँकी प्रतिबद्धतासमेत पूरा गरिने स्पष्ट पारे ।

कार्यक्रममा प्रदेशसभा सदस्य चन्द्रमोहन गौचन, सरकारका पूर्वसचिव कृष्ण देवकोटा, राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङलगायतले खेल पूर्वाधार निर्माण सम्पन्न भएपछि स्थानीयस्तरबाटै खेलाडी उत्पादनमा सघाउ पुग्ने भनाइ राखेका थिए ।

प्रकाशित मिति : १७ पुस २०७६, बिहीबार  १० : ३० बजे

इनिशा हत्या प्रकरण : निष्पक्ष छानबिनको माग, माइतीघरमा प्रदर्शन गर्दै दलित मोर्चा

काठमाडौँ – इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा ‘नेपाल

फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

ताप्लेजुङ – पाथीभरामा फागुन महिनामा ३१ लाखभन्दा बढी भेटी सङकलन

बैंकको ब्याजदर घट्योः एनएमबी र एनआईसी एसियासहित ५ बैंकको ब्याज सबैभन्दा धेरै

काठमाडौँ – वाणिज्य बैंकले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही– लालबन्दी नगरपालिका–१ बागबानीस्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको

साभुङ–देउराली–केलादीघाट मार्गको ठेक्का सम्झौता अन्त्य

तनहुँ– तनहुँको घिरिङ गाउँपालिकाभित्र पर्ने साभुङ–देउराली–केलादीघाट (कृष्ण मोटर मार्ग) खण्डको