गाउँ–गाउँमा खेल पूर्वाधार निर्माण सरकारको प्राथमिकतामाः मन्त्री विश्वकर्मा | Khabarhub Khabarhub

गाउँ–गाउँमा खेल पूर्वाधार निर्माण सरकारको प्राथमिकतामाः मन्त्री विश्वकर्मा


१७ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले वर्तमान सरकारले खेलकुदको विकासका लागि गाउँ–गाउँमा खेल पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको बताउनुभएको छ ।

पोखरा महानगरपालिका–२३ चापाकोटको बाम्दीमा आज ‘बाम्दी खेल मैदान’को शिलान्यास गर्दै उनले देशका लागि आवश्यक राष्ट्रिय अन्तरराष्ट्रियस्तरका खेलाडी उत्पादनका लागि सरकारले गाउँ–गाउँमा समेत खेल पूर्वाधार निर्माण गर्ने बताए ।

मन्त्री विश्वकर्मा नेपालमा हालै सम्पन्न १३औँ दक्षिण एशियाली खेलकुद (साग) लाई लक्ष्य गरी निर्माण थालनी भएका खेलकुद पूर्वाधारसमेत छिट्टै सम्पन्न गरिने उनले स्पष्ट पार्नुभयो ।

खेल क्षेत्रको विकासका लागि पूर्वाधार नै पहिलो आवश्यकता रहेकामा जोड दिँदै उनले भने, “खेल क्षेत्रको विकास पूर्वाधारबिना सम्भव छैन, राष्ट्रका लागि चाहिने राष्ट्रिय/अन्तरराष्ट्रियस्तरका खेलाडी उत्पादनका लागि सरकारले पूर्वाधार निर्माणलाई नै मुख्य गरी जोड दिएको छ ।”

मन्त्री विश्वकर्माले वर्तमान सरकारले सातै प्रदेशमा अन्तरराष्ट्रियस्तरको रङ्गशाला, ७५३ पालिकामा एक-एक खेलग्राम तथा एक वडा एक खेल मैदानलगायतका कार्यक्रममार्फत बिकट गाउँबस्तीमा समेत खेलकुद विकास गर्ने योजना अघि सारेको जानकारी दिए ।

फेवाताल किनारस्थित बाम्दीमा करीब १५ रोपनी जमीन समथर बनाएर खेल मैदान बनाउन लागिएको हो । मैदान सम्याएर पहिलो चरणमा भलिबल कोर्ट निर्माण गरिने बताइएको छ । युवा तथा खेलकुद मन्त्रालयको चालू वर्षको एक वडा एक खेल मैदान निर्माण कार्यक्रमअन्तर्गतको रु ५० लाख बजेटबाट भलिबल कोर्टलगायतका पूर्वाधार तयार गर्ने योजना रहेको बाम्दी खेल मैदान निर्माण उपभोक्ता समितिका अध्यक्ष भीम पराजुलीले बताए ।

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले गत प्रदेशसभा निर्वाचनको समयमा जनतामाझ व्यक्त गरिएको प्रतिबद्धता पूरा गर्ने सङ्कल्पअनुसार खेल मैदान निर्माण अघि बढेको चर्चा गर्दैै बाँकी प्रतिबद्धतासमेत पूरा गरिने स्पष्ट पारे ।

कार्यक्रममा प्रदेशसभा सदस्य चन्द्रमोहन गौचन, सरकारका पूर्वसचिव कृष्ण देवकोटा, राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङलगायतले खेल पूर्वाधार निर्माण सम्पन्न भएपछि स्थानीयस्तरबाटै खेलाडी उत्पादनमा सघाउ पुग्ने भनाइ राखेका थिए ।

प्रकाशित मिति : १७ पुस २०७६, बिहीबार  १० : ३० बजे

ट्रम्पको दाबी, ‘मोदीलाई भनेको थिएँ, यति धेरै ट्यारिफ लगाउँछु कि तिम्रो टाउको घुम्‍नेछ’

वासिङ्गटन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एकपटक ट्यारिफ लगाउने धम्की

आयल निगम महेन्द्रनगर कार्यालय : एक वर्षमा तीन कार्यालय प्रमुखको सरुवा

जनकपुरधाम– नेपाल आयल निगमको महेन्द्रनगर डिपो कार्यालय धनुषामा विगत एक

सिँचाइ मन्त्रालय मातहतका निकायका प्रमुखसँग कार्यसम्पादन सम्झौता

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतका निकायका प्रमुखसँग  आर्थिक

फोहोर व्यवस्थापन एप सार्वजनिक  

काठमाडौं– नेपाल टेक मार्केटले नयाँ फोहोर व्यवस्थापन प्रणाली सार्वजनिक गरेको

उखु किसानको आन्दोलनमा नेताहरूको ओइरो, समस्या जस्ताको तस्तै (तस्बिरहरू)

काठमाडौं– उखु किसानलाई सरकारले  दिँदै आएको बक्यौता अनुदान रकम ७०