सर्लाहीको दशगजा अतिक्रमित क्षेत्रको निरीक्षण « Khabarhub

सर्लाहीको दशगजा अतिक्रमित क्षेत्रको निरीक्षण


१७ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही- नेपाल भारत सीमा जोडिएका सर्लाही जिल्लाका सीमावर्ती दशगजा अतिक्रमित क्षेत्रको निरीक्षण गरिएको छ ।

पछिल्लो समयमा सीमा अतिक्रमणको विषयले चर्चा पाउन थालेपछि परराष्ट्र मन्त्रालय, रक्षा मन्त्रालय, नेपाली सेना, जिल्ला प्रशासन कार्यालय सर्लाहीसहितको प्रतिनिधिमण्डलले छिमेकी मुलुक भारतसँग जोडिएका सीमा क्षेत्रको संयुक्त अनुगमन गरेको हो ।

परराष्ट्र मन्त्रालयका सहसचिव यज्ञबहादुर हमाल, रक्षा मन्त्रालयका सहसचिव यज्ञप्रसाद भट्टराई, नेपाली सेनाका सहायक रथी सहदेव खड्का, जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसी, सशस्त्र प्रहरी बल नं १० गणका गणपति विनोदराज श्रेष्ठ लगायतले दशगजा क्षेत्रको स्थालगत अनुगमन गरेका हुन् ।

निरीक्षण तथा अनुगमनको क्रममा नेपालतर्फ पर्सा गाउँपालिकामा रहेका ३, ब्रम्पुरी गाउँपालिकामा रहेका ४, मलङ्वा नगरपालिकामा रहेका आठ वटा सीमा स्तम्भहरुको स्थलगत अनुगमन गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए ।

खुल्ला सीमाका कारण आपराधिक गतिविधि बढ्नुको साथै दिनप्रति दिन सीमा मिचिएको र सीमास्तम्भ पनि दिनप्रति दिन सारिने तथा हराउने गरेको विषयमा राष्ट्रिय तथा अन्र्तराष्ट्रियस्तरमा पटक पटक कुरा उठी रहेको सययमा सीमा नाका र सीमा स्तम्भको स्थलगत अवलोकन तथा निरीक्षण गरिएको हो ।

प्रकाशित मिति : १७ पुस २०७६, बिहीबार  १० : १५ बजे

अभिव्यक्ति स्वतन्त्रताका नाममा गैरजिम्मेवार सामग्री सम्प्रेषण अक्षम्य : सञ्चारमन्त्री तिमिल्सिना

नुवाकोट– सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले अभिव्यक्ति स्वतन्त्रताको

मानव बेचबिखन र अपाङ्गतासम्बन्धी ऐन संशोधन विधेयक मस्यौदामा सुझाव आह्वान

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले दुई ऐन संशोधनको

हाफ–म्याराथनमा रोबोटले तोड्यो मानव कीर्तिमान

बेइजिङ- चीनको तीव्र गतिमा अघि बढिरहेको प्रविधि विकासलाई झल्काउने घटनामा

उपसभापति भुसालको नेतृत्वमा कांग्रेसले गठन गरेको संविधान संशोधन सुझाव समितिलाई पूर्णता

काठमाडौं– नेपाली कांग्रेसले संविधान संशोधनका लागि सुझाव संकलन गर्न गठित

एसियनको बिस्कुटमा रौं भेटिएपछि २ लाख जरिवाना 

काठमाडौं- सुनसरीको दुहबीमा रहेको एसियन बिस्कुट एण्ड कन्फेक्सनरीले उत्पादन गरेको