सर्लाहीको दशगजा अतिक्रमित क्षेत्रको निरीक्षण | Khabarhub Khabarhub

सर्लाहीको दशगजा अतिक्रमित क्षेत्रको निरीक्षण


१७ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही- नेपाल भारत सीमा जोडिएका सर्लाही जिल्लाका सीमावर्ती दशगजा अतिक्रमित क्षेत्रको निरीक्षण गरिएको छ ।

पछिल्लो समयमा सीमा अतिक्रमणको विषयले चर्चा पाउन थालेपछि परराष्ट्र मन्त्रालय, रक्षा मन्त्रालय, नेपाली सेना, जिल्ला प्रशासन कार्यालय सर्लाहीसहितको प्रतिनिधिमण्डलले छिमेकी मुलुक भारतसँग जोडिएका सीमा क्षेत्रको संयुक्त अनुगमन गरेको हो ।

परराष्ट्र मन्त्रालयका सहसचिव यज्ञबहादुर हमाल, रक्षा मन्त्रालयका सहसचिव यज्ञप्रसाद भट्टराई, नेपाली सेनाका सहायक रथी सहदेव खड्का, जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसी, सशस्त्र प्रहरी बल नं १० गणका गणपति विनोदराज श्रेष्ठ लगायतले दशगजा क्षेत्रको स्थालगत अनुगमन गरेका हुन् ।

निरीक्षण तथा अनुगमनको क्रममा नेपालतर्फ पर्सा गाउँपालिकामा रहेका ३, ब्रम्पुरी गाउँपालिकामा रहेका ४, मलङ्वा नगरपालिकामा रहेका आठ वटा सीमा स्तम्भहरुको स्थलगत अनुगमन गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए ।

खुल्ला सीमाका कारण आपराधिक गतिविधि बढ्नुको साथै दिनप्रति दिन सीमा मिचिएको र सीमास्तम्भ पनि दिनप्रति दिन सारिने तथा हराउने गरेको विषयमा राष्ट्रिय तथा अन्र्तराष्ट्रियस्तरमा पटक पटक कुरा उठी रहेको सययमा सीमा नाका र सीमा स्तम्भको स्थलगत अवलोकन तथा निरीक्षण गरिएको हो ।

प्रकाशित मिति : १७ पुस २०७६, बिहीबार  १० : १५ बजे

कञ्चनपुर कारागारबाट भागेकामध्ये तीन सय २२ कैदीबन्दी फिर्ता

कञ्चनपुर – ‘जेनजी’ प्रदर्शनका क्रममा कञ्चनपुर कारागारबाट भागेकामध्ये ३२२ जना

प्यालेस्टाइनलाई बेलायतले पनि एक राज्यकारूपमा मान्यता दिने

लन्डन – गाजा युद्धलाई लिएर इजरायललाई दबाब दिन धेरै राष्ट्रहरू

राष्ट्रपतिसमक्ष अख्तियारको वार्षिक प्रतिवेदन पेस

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक

नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध

चितवन – नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलामा आज साँझ पुनःपहिरो खसेर

भवन जलेपछि गण्डकी प्रदेशसभाको कामकारबाही अनिश्चित

गण्डकी – ‘जेनजी’ प्रदर्शनका क्रममा गण्डकी प्रदेशसभा भवन जलाइएपछि प्रदेशसभा