मोदीले घोषणा गरेको १ अर्ब सहयोगका लागि लिखित प्रस्ताव पठाउनुहोस्ः मन्त्री पटेल « Khabarhub

मोदीले घोषणा गरेको १ अर्ब सहयोगका लागि लिखित प्रस्ताव पठाउनुहोस्ः मन्त्री पटेल


१७ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर- भारतको केन्द्रीय संस्कृति तथा पर्यटन राज्यमन्त्री प्रल्हलादसिंह पटेलले जनकपुरस्थित जानकी मन्दिरको दर्शन गरेका छन् ।

नेपाल भ्रमण वर्ष २०२० को उद्घाटनका क्रममा नेपाल आएका मन्त्री पटेलले विहीबार परिवारका साथ जानकी मन्दिरमा पूजाआजा गरेका हुन् ।

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विवाहपञ्चमी महोत्सवको बेला जनकपुरधाम आउँदा घोषणा गरेको रु एक अर्ब सहयोगका लागि नेपाल सरकारले भारतलाई लिखित प्रस्ताव पठाउनुपर्ने बताए ।

मन्दिर दर्शनपश्चात् उनले नेपाल र भारतको रामायणकालीन धार्मिक र सांस्कृतिक सम्बन्ध रहेको जिकिर गरे । राज्यमन्त्री पटेलले रु एक अर्ब सहयोग रकमबारे आफूले पर्यटनमन्त्री योगेशकुमार भट्टराईसँग समेत कुरा गरेको भन्दै नेपाल सरकारले जति छिटो प्रस्ताव पठाउन सक्छ, त्यति नै छिटो काम अघि बढ्ने आश्वाशन दिए ।

जानकी मन्दिर दर्शनपछि जनकपुरका सञ्चारर्कीसँग संक्षिप्त कुराकानी गर्दै पटेलले भने, “म मेरो परिवारका साथ जनकपुरको पावनभूमिमा आएर माता जानकीको दर्शन गरेँ, मलाई धेरै खुशी लागेको छ ।”

राज्यमन्त्री पटेलले भारतले नेपालको विकास हेर्न चाहेको भन्दै पर्यटन क्षेत्रको विकासमा सहयोग गर्नेसमेत प्रतिबद्धता जनाए ।

उनलाई जनकपुरमा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले जानकी मन्दिरको तस्वीर र दोसल्ला ओढाएर स्वागत गरेका थिए । सो अवसरमा प्रदेश नं २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश राय, राज्यमन्त्री सुरेश मण्डल, प्रदेश नं २ का प्रमुखसचिव रामकृष्ण सुवेदीलगायत सहभागी थिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तरप्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथको जनकपुरधाम आगमनले जनकपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि भएको बताउँदै मुख्यमन्त्री राउतले पर्यटन राज्यमन्त्रीको आगमनले थप पर्यटक आउने आशा व्यक्त गरे ।

प्रकाशित मिति : १७ पुस २०७६, बिहीबार  ९ : २५ बजे

दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना

कैलाली – धनगढी उपमहानगरपालिका–१४, फुलबारी एचगाउँकी महिला उद्यमी भावना पुलामी

पूर्णबहादुर र शेखरले गगनसँग खोजेको के हो ?

काठमाडौँ– दुई समूहको विवाद भुसको आगो झैँ सल्किरहेका बेला केही

परराष्ट्रमन्त्री बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी

काठमाडौं– चीनको चारदिने औपचारिक भ्रमणमा गएका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा

बाढी प्रभावित ७३ परिवारलाई घर हस्तान्तरण

जलेश्वर– जिल्लाको भङ्गहा नगरपालिकामा बाढीबाट प्रभावित भएका ७३ परिवारलाई आज