मोदीले घोषणा गरेको १ अर्ब सहयोगका लागि लिखित प्रस्ताव पठाउनुहोस्ः मन्त्री पटेल « Khabarhub

मोदीले घोषणा गरेको १ अर्ब सहयोगका लागि लिखित प्रस्ताव पठाउनुहोस्ः मन्त्री पटेल


१७ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर- भारतको केन्द्रीय संस्कृति तथा पर्यटन राज्यमन्त्री प्रल्हलादसिंह पटेलले जनकपुरस्थित जानकी मन्दिरको दर्शन गरेका छन् ।

नेपाल भ्रमण वर्ष २०२० को उद्घाटनका क्रममा नेपाल आएका मन्त्री पटेलले विहीबार परिवारका साथ जानकी मन्दिरमा पूजाआजा गरेका हुन् ।

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विवाहपञ्चमी महोत्सवको बेला जनकपुरधाम आउँदा घोषणा गरेको रु एक अर्ब सहयोगका लागि नेपाल सरकारले भारतलाई लिखित प्रस्ताव पठाउनुपर्ने बताए ।

मन्दिर दर्शनपश्चात् उनले नेपाल र भारतको रामायणकालीन धार्मिक र सांस्कृतिक सम्बन्ध रहेको जिकिर गरे । राज्यमन्त्री पटेलले रु एक अर्ब सहयोग रकमबारे आफूले पर्यटनमन्त्री योगेशकुमार भट्टराईसँग समेत कुरा गरेको भन्दै नेपाल सरकारले जति छिटो प्रस्ताव पठाउन सक्छ, त्यति नै छिटो काम अघि बढ्ने आश्वाशन दिए ।

जानकी मन्दिर दर्शनपछि जनकपुरका सञ्चारर्कीसँग संक्षिप्त कुराकानी गर्दै पटेलले भने, “म मेरो परिवारका साथ जनकपुरको पावनभूमिमा आएर माता जानकीको दर्शन गरेँ, मलाई धेरै खुशी लागेको छ ।”

राज्यमन्त्री पटेलले भारतले नेपालको विकास हेर्न चाहेको भन्दै पर्यटन क्षेत्रको विकासमा सहयोग गर्नेसमेत प्रतिबद्धता जनाए ।

उनलाई जनकपुरमा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले जानकी मन्दिरको तस्वीर र दोसल्ला ओढाएर स्वागत गरेका थिए । सो अवसरमा प्रदेश नं २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश राय, राज्यमन्त्री सुरेश मण्डल, प्रदेश नं २ का प्रमुखसचिव रामकृष्ण सुवेदीलगायत सहभागी थिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तरप्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथको जनकपुरधाम आगमनले जनकपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि भएको बताउँदै मुख्यमन्त्री राउतले पर्यटन राज्यमन्त्रीको आगमनले थप पर्यटक आउने आशा व्यक्त गरे ।

प्रकाशित मिति : १७ पुस २०७६, बिहीबार  ९ : २५ बजे

न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय हो : प्रधानन्यायाधीश राउत

काठमाडौँ– प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायपरिषद् न्यायाधीश नियुक्त गर्ने निकायमात्र नभई

भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने

दोधारा चाँदनी (कञ्चनपुर)- प्यालेस्टि नी लडाकु समूह हमासले बन्धक बनाएको

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका दुईजनालाई

केन्द्रीय सदस्य हारेका विष्टले छोडे एमाले

काठमाडौँ- नेकपा (एमाले) का नेता ठम्मर विष्टले पार्टीको सम्पूर्ण जिम्मेवारीसहित

नेपाली कम्युनिस्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछ : भीम रावल

बैतडी । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले जनताका अधिकारलाई