चीनबाट उद्धार गरिने नेपालीलाई दुई साता निगरानीमा राखिने, तयारी यस्तो छ  « Khabarhub

चीनबाट उद्धार गरिने नेपालीलाई दुई साता निगरानीमा राखिने, तयारी यस्तो छ 


१९ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल सरकारले चीनमा रहेका नेपालीहरुको उद्धारको तयारी थालेको छ । चीनमा कोरोना भाइरसको संक्रमण महामारीका रुपमा फैलिएपछि त्यहाँ रहेका नेपालीहरुलाई सरकारले उद्धारको तयारी थालेको हो ।

चीनको वुहान सहितका शहरबाट भारत, बंगलादेश, श्रीलंका लगायतका मुलुकले आफ्ना देशका नागरिक फिर्ता ल्याउन थालेपछि नेपाली नागरिकको उद्धारका लागि सरकार तयारी अवस्थामा रहेको छ ।

एयर लिफ्टमार्फत आफ्ना नागरिक फिर्ता गर्न चाहेको चिठी परराष्ट्र मन्त्रालयले १४ माघमा चीनको विदेश मन्त्रालयलाई पठाएकोमा सकारात्मक जवाफ आएपछि उद्धार प्रक्रिया शुरु गर्न लागिएको जनाइएको छ ।

नेपाल एयरलाइन्सको ए- ३३० जवाज वुहानको तियान्हे अन्तर्राष्ट्रिय विमानस्थल पठाउन सकिने जानकारी नेपालले चीनलाई दिइसकेको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालका अनुसार हिमालयन एयरलाइन्सको जहाज पनि तयारी अवस्थामा राखिने छ ।

चीनको अनुमतिपछि हुबेई प्रान्तमा रहेका र स्वदेश फर्किन इच्छुक सबै नेपालीलाई बसमार्फत वुहान सहर ल्याने र त्यहाँबाट नेपाली जहाजमा स्वदेश ल्योन नेपालको तयारी छ । बेइजिङस्थित नेपाली दूतावासले हुबेईमा रहेका र स्वदेश फर्कन चाहने नागरिकालाई फारम भर्न सूचना जारी गरेको छ । फारम भर्न आइतबार बिहान ९ बजेसम्मको समय दिइएको छ । यो सूचना सामाजिक सञ्जालमा ‘विच्याटम’मार्फत प्रसार गरिएको छ ।

दूतावास उपनियोग प्रमुख सुशील लम्सालकका अनुसार शनिबारसम्म हुबेई प्रान्तका ११ विश्वविद्यालयका १ सय ८८ जना नेपाली सम्पर्कमा आइसकेका छन् ।

उद्धार गरी ल्याइने नेपाली विद्यार्थीलाई दुई साता एकान्तमा राखिने तयारी गरिएको छ । चीनमा छात्रावास र होटलमा बन्दी अवस्थामा बसेका विद्यार्थीलाई सुरक्षित रूपमा राख्न छलफल भइरहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले जनाएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका सरुवा रोग विशेषज्ञ डा. अनुप बाँस्तोलाले उनीहरूलाई छुट्टै स्थानमा राख्नुपर्ने बताए।

‘कम्तीमा १४ दिनसम्म संक्रमणको अवधि मानिन्छ’, उनले भने, ‘त्यस अवधिसम्म एकान्तमा राख्नुपर्ने हुन्छ।’ सम्पर्कमा आएका अन्य व्यक्तिलाई श्वासप्रश्वासका माध्यमबाट भाइरस सर्ने सम्भावना रहेको उनको भनाइ छ।

चार्टर्ड जहाजबाट कति जनालाई उद्धार गरी ल्याइने हो भन्ने यकिन तथ्यांक भने छैन।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक अधिकारीका अनुसार उद्धारपछि विद्यार्थीलाई कहाँ राख्ने भनेर छलफल भइरहेको छ।

‘पर्याप्त रूपमा पूर्वतयारी नगरी उद्धार गरेर ल्याउन लागिएको छ’, ती अधिकारीले भने, ‘झन्डै १५ दिन कहाँ राख्ने भनेर छलफल भइरहेको छ।’

उद्धारलगत्तै विमानस्थलको प्रवेश बिन्दुदेखि सम्भावित जोखिमको पहिचान गर्दै एकान्तमा राखिने छ। हुवेइ प्रान्तमा झन्डै २ सय नेपाली विद्यार्थी छन्।

टेकुस्थित शुक्रराज ट्रपिकल अस्पताल, छाउनीस्थित नेपाल आर्मी अस्पताल, नेपाल प्रहरीको अस्पताल र भक्तपुर खरिपाटीस्थित विद्युत् प्राधिकरणको तालिम केन्द्रमा राख्ने विषयमा छलफल भइरहेको बुझिएको छ ।

प्रकाशित मिति : १९ माघ २०७६, आइतबार  ७ : १० बजे

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

चितवन – खैरहनीमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई

विपक्षी खेलाडीको टाउकोमा झापड हानेपछि लियोनल मेसीलाई जरिवाना

काठमाडौं- विपक्षी खेलाडीलाई झापड हानेपछि मेजर लिग सकरमा इन्टर मियामीका

जनकपुरका पोखरी अतिक्रमण हटाउन डोजर, घरटहरा हटाउने अभियान सुरु

जनकपुरधाम- जनकपुरधामका पोखरी तथा गुठीको जग्गा अतिक्रमण गरी बनाइएका घर

गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’

गुल्मी– गुल्मीको धुर्कोट गाउँपालिकाले ऐतिहासिक धुर्कोटकोट र बुढीकोटलाई जोड्ने गरी

कांग्रेसका मतभेद पार्टी कार्यालयमै संवादबाट समाधान गर्नुपर्छ : उपसभापति शर्मा

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएका समस्या र