ब्रोइलर कुखुराको मूल्य अहिलेसम्मकै उच्च, मासु प्रतिकिलो ४ सय रुपैयाँ « Khabarhub

ब्रोइलर कुखुराको मूल्य अहिलेसम्मकै उच्च, मासु प्रतिकिलो ४ सय रुपैयाँ


१९ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ब्रोइलर कुखुराको मूल्यले अहिलेसम्मकै उच्च पुगेको छ । शनिबारदेखि लागू हुने गरी जिउँदो ब्रोइलरको मूल्य दुई सय ७० रुपैयाँ लागू भएपछि यो रेकर्ड तोडिएको हो ।

खरिद मूल्य बढेसँगै तयारी मासुको मूल्य पनि चार सय प्रतिकिलो पुगेको छ । यसअघि २०७४ वैशाखमा करिब एक महिना दुई सय ६० रुपैयाँ मूल्य कायम थियो ।

बजारको मागअनुसार कुखुरा नपाएपछि कोल्ड स्टोरले दिउँसै पसल बन्द गर्न थालेका छन् । ‘किसानसँग सस्तोमा किनेर कोल्ड रुममा राखेको फ्रोजन मासुसमेत ठूला व्यापारीले किलोको तीन सय ६० रुपैयाँ भन्न थालेका छन् । यसरी कति दिन टिक्न सकिएला,’ एक कोल्ड स्टोर व्यवसायीले भने ।

असोजदेखि मंसिरसम्म ब्राइलरको मूल्य प्रतिकिलो दुई सय रुपैयाँसमेत नआउँदा किसानले खोरमा चल्ला हुलेका थिएनन् । त्यतिखेर लागत मूल्य ने दुई सय २० को हाराहारीमा थियो ।

पछिल्लो समय ब्रोइलर कुखुरालाई ३० दिन पालिसकेलगत्तै रोग व्याधीबाट मर्ने दर अत्यधिक हुँदा किसान निरन्तर घाटामा गइरहेका थिए ।

प्रकाशित मिति : १९ माघ २०७६, आइतबार  ८ : १५ बजे

डीपफेकविरुद्ध सामन्थाको कानुनी लडाइँ, अदालतले भन्यो- ‘नाम, तस्बिर र आवाजको दुरुपयोग गर्न पाइँदैन’

काठमाडौं– एआईको प्रयोग गरेर आफ्नो तस्बिर, आवाज र पहिचानसँग जोडिएका

गोलञ्जोर आधारभूत अस्पतालमा शव परीक्षण सुरु

काठमाडौं– सिन्धुली जिल्लाको गोलञ्जोरस्थित आधारभूत अस्पतालमा शव परीक्षण सेवा सुरु

सदनमा उठाइएका आवाजबारे सरकार गम्भीर भएन : उपनेता हमाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता प्रमेशकुमार हमालले

६ महिनामा सरकारको ‘फासीवादी’ प्रवृत्ति देखियो : नेता थापा

काठमाडौं–  नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले वर्तमान सरकारको

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा