डीपफेकविरुद्ध सामन्थाको कानुनी लडाइँ, अदालतले भन्यो- ‘नाम, तस्बिर र आवाजको दुरुपयोग गर्न पाइँदैन’ « Khabarhub

डीपफेकविरुद्ध सामन्थाको कानुनी लडाइँ, अदालतले भन्यो- ‘नाम, तस्बिर र आवाजको दुरुपयोग गर्न पाइँदैन’


१६ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एआईको प्रयोग गरेर आफ्नो तस्बिर, आवाज र पहिचानसँग जोडिएका सामग्री बनाउने क्रम बढेपछि अभिनेत्री सामन्था रुथ प्रभु कानुनी बाटोमा पुगेकी छन् । 

आफ्नो व्यक्तित्वको अनधिकृत प्रयोग रोक्न माग गर्दै उनले बम्बई उच्च अदालतमा याचिका दायर गरेकी थिइन्। उनको याचिकामाथि सुनुवाइ गर्दै अदालतले अन्तरिम आदेश जारी गरेको छ।

सामन्थाले विभिन्न वेबसाइट र सामाजिक सञ्जालमा आफ्नो नाम, तस्बिर, आवाज तथा व्यक्तित्वसँग सम्बन्धित सामग्री अनुमति बिना प्रयोग भइरहेको दाबी गरेकी छन् । 

विशेषगरी एआईमार्फत तयार गरिएका डीपफेक भिडियो, परिवर्तन गरिएका तस्बिर, नक्कली आवाज र अश्लील सामग्रीले आफ्नो अधिकारमा असर पारेको उनको भनाइ छ।

सामन्थाकी वकिल रश्मिन खांडेकरले अदालतमा अभिनेत्रीको तस्बिर परिवर्तन गरेर बनाइएका सामग्रीदेखि एआईको सहायताले उनको आवाज नक्कल गरिएका सामग्रीसम्मको विषय उठाएकी थिइन् । यस्ता सामग्रीमा सामन्थालाई आपत्तिजनक ढंगले प्रस्तुत गरिएको र व्यक्तित्वलाई वस्तुका रूपमा प्रयोग गरिएको दाबी पनि गरिएको छ ।

अदालतले सामन्थाको नाम, तस्बिर र आवाजको अनधिकृत प्रयोग गरी आपत्तिजनक सामग्री प्रकाशित गर्न रोक लगाएको छ । 

साथै, व्यक्तित्वसम्बन्धी अधिकारलाई अभिव्यक्ति तथा व्यक्तिगत स्वतन्त्रता, गोपनीयता र मानवीय मर्यादासँग जोडिएका मौलिक अधिकारबाट सुरक्षित रहेको उल्लेख गरेको छ ।

यससँगै एआई र डीपफेकको बढ्दो दुरुपयोगबीच सेलिब्रिटीको डिजिटल पहिचान र व्यक्तित्व अधिकारको संरक्षणको विषय फेरि चर्चामा आएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०८३, शुक्रबार  २ : ०८ बजे

तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प: १६ जनाको मृत्यु

काठमाडौँ – तिब्बतको हिमाली क्षेत्रमा बिहीबार राति गएको ७ म्याग्निच्यूडको

रास्वपा सभापति लामिछाने तीन दिने भारत भ्रमणमा, कैँछी धाम र कामाख्या मन्दिरमा पूजाअर्चना गर्ने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

३६२ वर्ष पुरानो तान्त्रिक परम्परा: ललितपुर पाटनको अष्टमातृका नाच

ललितपुर – परम्परागत तान्त्रिक विधि र धार्मिक आस्थाका साथ मनाइने

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल कात्तिक ६ गते शुक्रबार सन् २०२६

आज २०८३ साल कात्तिक ६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ६ गते शुक्रबार सन् २०२६