टिपर र बसको ठक्करबाट कलंकी र नागार्जुनमा २ जनाको मृत्यु « Khabarhub

टिपर र बसको ठक्करबाट कलंकी र नागार्जुनमा २ जनाको मृत्यु


१९ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।

ट्राफिक चेकिङका लागि रोक्न खोजेको मोटसाइकल टिपरमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

कलङ्की नजिकै खसी बजारमा शनिबार राति १० बजे बा ४ ख ३६६९ नम्बरको टिप्परमा बा ६६ प ४४९० नम्बरको मोटरसाइकल ठोक्किँदा कीर्तिपुरको मच्छेगाउँका शैलेस बस्नेतको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका बस्नेतको बल्खुको वयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । ट्राफिक प्रहरीले जाँचका लागि टिप्परलाई रोकेको थियो ।

मोटसाइकल चालकले ट्राफिक चेकिङका लागि रोक्न खोज्दा टिप्परमा ठोकिएको प्रहरीले जनाएको छ।

यसैबीच, काठमाडौंको नागार्जुन नगरपालिका–१ रानीवनमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

नागार्जुन नगरपालिका–१ स्थित सडकमा बा१ख ६६४५ नम्बरको बसले बा ८५ प १४९३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक धादिङकी ४८ वर्षीय लीला घलेको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा स्कुटर चालककी २६ वर्षीय छोरी प्रमिला घले गम्भीर घाइते भएकी छन् । गम्भीर घाइते घलेको मनमोहन अस्पताल स्वयम्भूमा उपचार भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १९ माघ २०७६, आइतबार  ९ : २५ बजे

भेनेजुएलाको भूकम्प अपडेट : ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता

एजेन्सी– भेनेजुएलामा आएको दुईवटा शक्तिशाली भूकम्पबाट शुक्रबारसम्म ९२० जनाको मृत्यु

सुरक्षित पुनःस्थापनाको सुनिश्चितता माग्दै होल्डिङ सेन्टरका बासिन्दाको प्रदर्शन

काठमाडौं– सुरक्षित पुनःस्थापना, भू–स्वामित्वसहितको बास अधिकार र सम्मानजनक आवासको सुनिश्चितता

भारतीय राजदूत क्रिकेट प्रतियोगिता सुरु

काठमाडौं– नेपालस्थित भारतीय दूतावासको आयोजनामा दोस्रो संस्करणको ‘भारतीय राजदूत क्रिकेट

अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने

सिड्नी- अष्ट्रेलियाले विश्वमा नै पहिलो पटक १६ वर्षमुनिका किशोरकिशोरीहरूका लागि

नेपाली श्रमिकको भिसा प्रभावित नपार्न साउदीसँग श्रममन्त्रीको अनुरोध

काठमाडौं-  युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग नेपालका लागि साउदी अरबका