उपत्यकाको साँस्कृतिक गुठी सञ्चालनको अधिकार स्थानीय सरकारलाई : मन्त्री मानन्धर « Khabarhub

उपत्यकाको साँस्कृतिक गुठी सञ्चालनको अधिकार स्थानीय सरकारलाई : मन्त्री मानन्धर


१९ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहरी विकास राज्यमन्त्री रामबीर मानन्धरले काठमाडौं उपत्यकाको सांस्कृतिक गुठी संसक्षण र सञ्चालनको जिम्मेवारी स्थानिय सरकारलाई दिइनु उपयुक्त हुने बताएका छन्छ ।

सामुदायीक विकास संघ काठमाडौंले आयोजना गरेको कार्यक्रममा मन्त्री मानन्धरले काठमाडौं उपत्यकाको सांस्कृतिक र परम्परागत गुठीहरुको संरक्षण र सम्वर्द्धनका लागि स्थानिय सरकारलाई नै जिम्मेवारी दिँदा सहज हुने बताएका हुन् ।

सरकारले देशभरका साँस्कृतिक र अन्य गुठीहरुको व्यवस्थापनका लागि गुठी विधेयकलाई बैज्ञानिक तरिकाले परिस्कृत गरेर ल्याउने तयारी गरिरहेको बताउँदै मन्त्री मानन्धरले कतिपय स्थानहरुमा गुठीका जग्गाहरुको विवाद देखिएको बताए ।

उपत्यकाको गुठीहरुमा जग्गाको विवाद नरहेको बताउँदै मन्त्री मानन्धरले संस्कृति जोगाउने गुठीहरुलाई फरक रुपले हेर्नुपर्ने बताए ।

काठमाडौंमा कायम रहेको गुठी यहाँको जनजीवनसँग सम्बन्धीत रहेको र जन्मदेखि मृत्युसम्मका संस्कारहरु गुठीकै माध्यमबाट हुने भएकाले स्थानीय सरकारकै निगरानीमा रहनेगरी व्यवस्थापन गर्न आफुले पहल गरिरहेको मन्त्री मानन्धरको भनाई छ ।

मन्त्री मानन्धरले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकंक्षा पुरा गर्न र प्रधानमन्त्रीको सपना साकार पार्न वर्तमान सरकार लागिपरेको पनि बताए ।

सरकारले विकासका पुर्वाधार निर्माणमा आधार तयार पारेको बताउँदै मन्त्री मानन्धरले आगामी वर्षदेखि देखिनेगरी विकासका प्रतिफल प्राप्तहुने दाबी समेत गरे । प्रधानमन्त्रीले परिकल्पना गर्नुभएको नयाँ नेपाल निर्माणमा वर्तमान सरकार र सत्तारुण नेकपा लागिपरेको बताउँदै सरकारको कामबाट अत्तालिएकाहरुले भ्रम फैलाउन खोजेको मन्त्री मानन्धरको आरोप छ ।

एमसीसी र डन्डोप्यासीफीक रणनीति फरक विषय भएको बताउँदै मन्त्री मानन्धरले देशको विकासका लागि एमसीसीको अनुदान स्विकार्नुपर्ने बताए । तत्कालिन अवस्थामा विदेशी लगानीविना देशको विकास र समृद्धि सम्भव नभएको बताउँदै एमसीसी अनुमोदनको पक्षमा सरकार रहेको मानन्धरको भनाई छ ।

देशभर बन्ने नयाँ सहरहरुको डीपीआर निर्माण र पुर्वाधार विकासको काम भइरहेको बताउँदै मन्त्री मानन्धरले व्यवस्थीत सहरीकरणका लागि आफुले पहल गरिरहेको बताए । काठमाडौं उपत्यकाको सडकमा भएका खाल्डाखुल्डी पुर्ने र नयाँ पिच गर्ने कामलाई तिब्रता दिइएको बताउँदै अबको केही समयभित्रै उपत्यकाका सडक व्यवस्थीत र धुलोरहित हुने दाबी समेत गरे ।

प्रकाशित मिति : १९ माघ २०७६, आइतबार  १ : ०३ बजे

रसुवा बाढी : उच्चस्तरीय संयन्त्रसँगै संसदीय समिति पनि गठन हुने 

काठमाडौं– रसुवा बाडीलाई लिएर उच्चस्तरीय राजनीति संयन्त्रसँगै संसदीय समिति पनि

जलवायु परिवर्तनले विश्वको पानी चक्र अनियमित बन्दै : डब्लुएमओ

जेनेभा– विश्वमा पानीको चक्र झन् अनियमित बन्दै गएको संयुक्त राष्ट्रसङ्घले

अब्बासलाई महासभामा सहभागी हुन अमेरिकाले दिएन भिसा

एजेन्सी– संयुक्त राज्य अमेरिकाले प्यालेस्टिनी प्राधिकरणका अध्यक्ष महमुद अब्बासलाई अर्को

भोटेकोशी बाढी : १ हजार ४ सय ९ जनाको शव भेटियो

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बिहीबार बिहान ११ बजेसम्म

राष्ट्रपतिसमक्ष अख्तियारको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष