चीनबाट नेपाल ल्याइने विद्यार्थीलाई १५ दिनसम्म अलग्गै राखिने | Khabarhub Khabarhub

चीनबाट नेपाल ल्याइने विद्यार्थीलाई १५ दिनसम्म अलग्गै राखिने


१९ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले कोरोना भाइरसबाट प्रभावित बनेको चीनको वुहान क्षेत्रबाट नेपाल ल्याइने विद्यार्थीलाई राख्नका लागि छुट्टै स्थान भेट्टाउन मुश्किल परेको जनाएको छ ।

कोरोना प्रभावित क्षेत्रमा रहेका विद्यार्थीलाई स्वदेश ल्याउने प्रक्रियाअन्तर्गत विवरण संकलन गर्न थालिए पनि उनीहरुलाई ल्याएर राख्ने छुट्टै स्थान भने फेला पार्न सकिएको छैन ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठका अनुसार अहिलेसम्म चीनमा रहेका १ सय ७७ जना नेपाली (विद्यार्थी)ले नेपाल फर्किन चाहेको भन्दै फाराम भरेका छन् ।

तर, सरकारले भने उनीहरुलाई स्वदेश ल्याउने दिन र ल्याएर राख्नुपर्ने विशेष स्थानको यकीन गर्न सकेको छैन ।

‘अहिलेसम्म १ सय ७७ जनाले स्वदेश फर्किने भनेर फाराम भर्नुभएको विवरण हामीलाई प्राप्त भएको छ,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता श्रेष्ठले भने, ‘उहाँहरुलाई ल्याउने तयारी पनि शुरु गरिएको छ । तर, ल्याएर कहाँ राख्ने भनेर ठाउँ यकीन भएको छैन ।’

चीनबाट नेपाल आएका विद्यार्थीलाई कम्तिमा १५ दिन निगरानीमा राखिने जनाइएको छ । नेपाल ल्याइने त्यस्ता नेपालीको चीनमा पहिलो चरणको स्वास्थ्य परीक्षण गरिने छ । यस्तै, विमानमा चढाइने क्रममा विमानस्थलमा पनि स्वास्थ्य परीक्षण गरिने छ ।

नेपाल आएपछि विमानबाट झर्दा पनि परीक्षण गरिने र विमानस्थलको हेल्थ डेस्कमा पनि उनीहरुको स्वास्थ्य परीक्षण गरिने जनाइएको छ ।

यस्तै, विमानस्थलबाट तोकिएको स्थानसम्म पुर्या‍उनका लागि उनीहरुलाई विशेष गाडीको व्यवस्था गरिने पनि स्वास्थ्य मन्त्रालयका प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

‘चीनबाट आउने सबै विद्यार्थी संक्रमित नै हुन्छन् भन्ने हुँदैन । तर, यहाँ ल्याउँदा ‘आउटब्रेथ’ नहोस् भनेर हामीले त्यहिअनुसारको व्यवस्थापन भने गर्छौं,’ श्रेष्ठले भने ।

अफ्रिकी मुलकुमा इबोला भाइरसको महामारी चलेको बेला पनि त्यहाँ तैनाथ शान्ति सेनालाई नेपाल ल्याएर १५ दिनसम्म छुट्टै स्थानमा राखेर निगरानी गरेको अनुभव आफूहरुसँग भएको श्रेष्ठले बताए ।

‘त्यतिबेला नेपाली सेनाका सुरक्षाकर्मीलाई शिवपुरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मीलाई ककनीमा पूरै ब्यारेक नै खाली गरेर राखिएको थियो,’ श्रेष्ठले भने, ‘अहिले विद्यार्थीहरु ल्याएर कहाँ राख्ने भन्ने छलफल चलिरहेको छ । केही प्रस्तावहरु पनि आएका छन् । यस विषयमा छिट्टै निर्णय हुने छ ।

मास्क उत्पादक कम्पनीलाई उत्पादन बढाउन निर्देशन

कोरोना भाइरसको संक्रमणको त्रास बढिरहेको समयमा बजारमा मास्क अभाव देखिएपछि स्वास्थ्य मन्त्रालयले मास्क उत्पादक सम्पनीहरुसँग समेत उत्पादन बढाउन छलफल गरेको छ ।

यस्तै नेपालबाट मास्क निर्यात गर्न समेत रोक लाउन दिर्नेशन दिइएको स्वास्थ्य मन्त्रालका प्रवक्ता श्रेष्ठले बताए ।

चीन र भारतबाट आउने मास्कको आयात समेत बन्द भएकाले स्थानीय उत्पादनलाई वृद्धि गर्न निर्देशन दिएको मन्त्रालयका प्रवक्ता श्रेष्ठले बताए ।

‘केही दिन अघि मन्त्रीज्यु सहित स्टेक होल्डरहरुको मिटिङ भयो । हामीले अध्यागमन विभागलाई नेपालबाट बाहिर जाने मास्कको निर्यात तुरुन्त रोक्न पनि निर्देशन दिएका छौं,’स्वास्थ्य मन्त्रालयका प्रवक्ता श्रेष्ठले भने, ‘नेपालको उत्पादन सामान्य खालको छ । त्यो तीनपत्र वाला मास्क उत्पादन दिनमान ३ हजार हुने रहेछ, त्यसको उत्पादन बढाउँन सबै उद्योगहरुलाई औषधि व्यवस्था विभागबाट निर्देशन भइसकेको छ ।’

नेपालबाट विदेश जाँदा कोरोना परीक्षण गर्नु पर्दैन

चीनमा देखा परेको कोरोना भाइरसको संक्रमण अहिले नेपाल सहित २३ देशमा फैलिएको छ । कोरोना भाइरसको कारण हालसम्म ३ सय भन्दा बढीको मृत्यु भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै १४ हजार भन्दा बढी व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको छ । कोरोना भाइरसको संक्रमण फैलन नदिन अमेरिका, अष्ट्रेलिया सहित विभिन्न देशहरुले चीनबाट आफ्ना देशमा मानिसहरुको आवातजावतमा प्रतिवन्ध नै लगाइसकेको छ ।

यस्तै नेपालमा पनि चीन लगायत कोरोना भाइरसको संक्रमण फैलिएका क्षेत्रबाट आउने विदेशी पर्यटक तथा नेपाली नागरिकको स्वास्थ्य परीक्षणमा कडाइ गरेको छ । कोरोना भाइरस संक्रमणको त्रास बढ्दै जाँदा केही वैदेशिक रोगजारीमा पठाउने म्यानपावरहरुले कोरोना भाइरसको परीक्षण अनिवार्य भएको भन्दै झूटो प्रचार फैलाएको चिकित्सकहरुले बताएका छन् ।

केही दिन यता वैदेशिक रोजकारीमा जान लागेका नेपालीहरुले कोरोना भाइरस परीक्षण गरेको कागजात मागेको भन्दै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा युवाहरु पुग्ने गरेको अस्पताल सरुवा रोग विशेषज्ञ एवं प्रवक्ता अनुप बास्तोलाले बताए ।

‘वैदेशिक रोजगारीमा जान लागेका युवाहरु वैदेशिक रोजगारीमा पठाउने संस्थाले आफुमा कोरोना भाइरस छैन भन्ने रिपोर्ट ल्याउनु भनेको छ भन्दै केही युवाहरु कोरोना भाइरस छ वा छैन परीक्षण गरिदिनु भन्दै आएका थिए,’ डा बास्तोलाले खबरहबसँग भने, ‘वैदेशिक रोजगारीमा जान कोरोना भाइरस परीक्षण गराउनु पर्दैन, तर वैदेशिक रोजगारीमा पठाउनेहरुले कोरोना भाइरसको परीक्षण गराउनुपर्छ भनेर गलत प्रचार थालेका छन् ।’

स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले वैदेशिक रोजगारीमा जान कोरोना भाइरस परीक्षण गराउनु नपर्ने बताए ।

‘वैदेशिक रोजगारीमा पठाउने केही कम्पनीले कोरोना भाइरस छ वा छैन टेस्ट गरेर ल्याउनु भनेको सुनिएको छ, यो प्राइभेट स्वास्थ्यसंस्थाहरुले विज्ञापन दिएर कोरोना भाइरस टेस्ट गराउनु भनेको छ,’ मन्त्रालयका प्रवक्ता श्रेष्ठले भने, ‘त्यसमा मन्त्रालयको ध्यानाकर्षण भएको छ, वैदेशिक रोजगारीमा जाँदा कोरोना परीक्षण गर्नु पर्दैन ।’

प्रकाशित मिति : १९ माघ २०७६, आइतबार  ५ : ५२ बजे

कांग्रेससँग छलफल सकेर प्रधानमन्त्री पेरिसडाँडामा 

काठमाडौं– सदन खुलाउने विषयमा कांग्रेस नेताहरूसँग छलफल गरेर प्रधानमन्त्री कोटेश्वर

मधेस प्रदेशमा साना दल ‘निर्णायक’ हुँदा ठूला दल निरीह

जनकपुरधाम — मधेश प्रदेश सरकारबाट हटेका नेकपा (माओवादी केन्द्र) र

आवश्यकताका आधारमा समाजवादी कार्यक्रम अघि सार्नुपर्छ : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले

टेक्सासमा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या सात पुग्यो

काठमाडौं – टेक्सासको ह्युस्टन सहरमा खराब मौसमसँगै आएको आँधीका कारण

वार्ता सकारात्मक, दुई-तीन वटा ड्राफ्टका विषयमा छलफल भयो : प्रधानमन्त्री सचिवालय 

काठमाडौं– अवरुद्ध संसद् खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँग गरेको