बालुवाटारमा योजना आयोगको बैठक जारी, मन्त्रिपरिषद्को बैठकपछि प्रधानमन्त्री अस्पताल जाने « Khabarhub

बालुवाटारमा योजना आयोगको बैठक जारी, मन्त्रिपरिषद्को बैठकपछि प्रधानमन्त्री अस्पताल जाने


१९ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली आज अस्पताल भर्ना हुँदैछन् । दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्नका लागि उनी आजै अस्पताल भर्ना हुन लागेका हुन् । मिर्गौला प्रत्यारोपण त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा बुधबार गरिने छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रत्यारोपणका लागि भर्ना हुन सबै तयारी पूरा भएको जानकारी दिए । अस्पताल भर्ना हुन जानु अघि प्रधानमन्त्री ओलीको सक्रियता बढेको छ ।

अहिले प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय योजना आयोगको पूर्ण बैठक बसिरहेको छ भने आजै उक्त बैठक सकिएपछि मन्त्रिपरिषद् बैठक समेत बस्दैछ ।

बैठक सकेर अस्पताल जाने कार्यक्रम रहेको बालुवाटार स्रोतले जानकारी दियो ।

‘प्रधानमन्त्री बैठकहरु सकिएपछि अस्पताल जानु हुनेछ, सायद साँझ नै हुन्छ होला’ बालुवाटार स्रोतले भन्यो ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  १० : १० बजे

कञ्चनपुरमा धान उत्पादनमा वृद्धि हुने प्रक्षेपण

कञ्चनपुर– कञ्चनपुरमा यस वर्ष धान उत्पादनमा वृद्धि वृद्धि हुने प्रक्षेपण

खानेपानी तथा सरसफाइ अवस्थाको प्रतिवेदन सार्वजनिक

ललितपुर- राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका ७५३ वटै स्थानीय तहको खानेपानी,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

आज २०८३ साल कात्तिक १४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६