प्रदेश नम्बर २ लाई मदिरा निषेधित क्षेत्र बनाउन नेकपाको माग « Khabarhub

प्रदेश नम्बर २ लाई मदिरा निषेधित क्षेत्र बनाउन नेकपाको माग


१९ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

जनकपुर– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश नम्बर २ लाई मदिरा निषेधित क्षेत्र बनाउन माग गरेको छ ।

११०औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस सफल पार्न तयारीस्वरुप प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरमा बसेको प्रदेशका महिला नेतृहरु तथा नेकपा प्रदेश नेतृत्वको संयुक्त भेलाले मदिरा निषेधित प्रदेश घोषणा गर्न माग गरेको हो ।

पुरुषहरूले मदिराजन्य पदार्थको सेवन गरेर महिलामाथि हिंसा गर्ने गरेकोले यस प्रदेशका महिलाहरु पीडित रहेको निष्कर्षसहित नेकपाले महिला हिंसा अन्त्यको लागि मदिरा निषेध गर्न माग गरेको एक जना नेतृले बताइन् ।

उनले भनिन्, “हाम्रो समाज पुरुषप्रधान हो । यहाँ पुरुषको अधिनमा महिला बस्नुपर्ने बाध्यात्मक स्थिती छ । चाहे पुरुष गलत होस या ठिक उसकै कुरा सुन्नुपर्ने र हिंसा सहनुपर्ने अवस्था अझै पनि विद्यमान छ ।  खासगरी पुरुषहरु मदिरा सेवन गरेर घरमा आउने श्रीमतीलगायत घरका अन्य महिला माथि कुटपिट गर्ने, गाली गर्नेजस्ता सयौं घटना हाम्रो समाजमा देख्न पाइन्छ । त्यसैले महिला हिंसा अन्त्य गर्नलाई हाम्रो प्रदेशमा मदिरा निषेध गर्नैपर्छ ।”

बैठकले दिवस मनाउन “महिला हिंसा अन्त्यको लागि मदिरा निषेधित प्रदेश घोषणा गरौ “ “११०औं महिला श्रमिक दिवस भव्यताका साथ मनाऔँ” भन्ने नाराका तय गरेको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  १० : २० बजे

लागूऔषधसहित सात जना पक्राउ

बाँके– प्रहरीले बाँकेका दुई अलग–अलग स्थानबाट ६३ दशमलव ८९ ग्राम

भोटेकोशी बाढी : जुम्लाका ६३ जना अझै सम्पर्कविहीन

जुम्ला– भोटेकोशीमा बाढीमा परेर जुम्लाका ६३ जना अझै सम्पर्कविहीन रहेका

आज विश्वकर्मा पूजा र वास्तु दिवस मनाइँदै

काठमाडौँ – कालिगढले आज विश्वकर्माको पूजाआराधना गरी वास्तु दिवस एवम्

प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर