भारतीय प्रधानमन्त्री मोदीले गरे ओलीको स्वास्थ्य लाभको कामना « Khabarhub

भारतीय प्रधानमन्त्री मोदीले गरे ओलीको स्वास्थ्य लाभको कामना


१९ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मिर्गौला प्रत्यारोपण गर्न लागेका प्रधानमन्त्री केपी शर्मा ओलीको प्रत्यारोपण सफलताको  कामना गरेका छन् ।

आज बिहान ट्वीट गर्दै भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल भई शीघ्र स्वास्थ्य लाभ होस् भन्ने कामना गरेका हुन् ।

मोदीले ट्वीटमा लेखेका छन्, ‘भगवान पशुपतिनाथले तपाईँलाई जहिले राम्रो स्वास्थ्य, खुशी र दीर्घ जीवन प्रदान गरुन् ।’

नेपाल–भारतको सम्बन्ध थप नयाँ उचाईमा लैजानका लागि प्रधानमन्त्री ओलीसँगको सहकार्यको कामना पनि उनले गरेका छन् ।

प्रधानमन्त्री ओलीको यही बुधबार त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण हुँदैछ । त्यसैका लागि ओली आजै अस्पताल भर्ना हुँदैछन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  ११ : २७ बजे

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण