भारतीय प्रधानमन्त्री मोदीले गरे ओलीको स्वास्थ्य लाभको कामना « Khabarhub

भारतीय प्रधानमन्त्री मोदीले गरे ओलीको स्वास्थ्य लाभको कामना


१९ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मिर्गौला प्रत्यारोपण गर्न लागेका प्रधानमन्त्री केपी शर्मा ओलीको प्रत्यारोपण सफलताको  कामना गरेका छन् ।

आज बिहान ट्वीट गर्दै भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल भई शीघ्र स्वास्थ्य लाभ होस् भन्ने कामना गरेका हुन् ।

मोदीले ट्वीटमा लेखेका छन्, ‘भगवान पशुपतिनाथले तपाईँलाई जहिले राम्रो स्वास्थ्य, खुशी र दीर्घ जीवन प्रदान गरुन् ।’

नेपाल–भारतको सम्बन्ध थप नयाँ उचाईमा लैजानका लागि प्रधानमन्त्री ओलीसँगको सहकार्यको कामना पनि उनले गरेका छन् ।

प्रधानमन्त्री ओलीको यही बुधबार त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण हुँदैछ । त्यसैका लागि ओली आजै अस्पताल भर्ना हुँदैछन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  ११ : २७ बजे

खानेपानी तथा सरसफाइ अवस्थाको प्रतिवेदन सार्वजनिक

ललितपुर- राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका ७५३ वटै स्थानीय तहको खानेपानी,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

आज २०८३ साल कात्तिक १४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब