क्वारेन्टाइनमा रहेका १ सय ७५ जना आजै घर फर्किने सम्भावना « Khabarhub

क्वारेन्टाइनमा रहेका १ सय ७५ जना आजै घर फर्किने सम्भावना


१९ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भक्तपुरस्थित खरिपाटी क्वरेन्टाइनमा रहेका १ सय ७५ जना नेपालीको दोस्रो पटकको कारोना परीक्षणको रिपोर्ट आज दिउँसो आउने भएको छ ।

चीनको कोरोना प्रभावित क्षेत्रबाट गत फागुन ४ गते नेपाल ल्याइएका उनीहरुको दोस्रो पटकको कोरोना परीक्षण भइरहेको र आज दिउँसो सम्ममा नतिजा आउने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले खबरहबलाई बताए ।

कोरोना परीक्षणको नतिजा सबैको नेगेटिभ आएमा उनीहरुलाई घर पठाइने डा देवकोटाले बताए ।

‘आज दिउँसो सम्ममा कोरोना परीक्षणको नतिजा आउँछ,’ डा देवकोटाले खबरहबसँग भने, ‘सबैको कोरोनाको नतिजा नेगेटिभ देखियो भने आज नै घर पठाइन्छ ।’

कोरोना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले शनिबार नै उनीहरुको थ्रोड स्वाबको नमूना संकलन गरेको थियो ।

सबैजनाको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणको काम भइरहको प्रयोगशालाकी प्रमुख डाक्टर रुना झाले बताइन् ।  सबैको नतिजा आएपछि मात्र रिपोर्ट स्वास्थ्य मन्त्रालयमा पठाइने उनको भनाइ छ ।

यसअघि चीनबाट स्वदेश ल्याइएको दिन पनि उनीहरुको कोरोनाको परीक्षणका लागि नमूना संकलन गरीएको थियो ।

पहिला चरणको परीक्षणका १ सय ७५ जनामा नै कोराना परीक्षणको नतिजा नेगेटिभ आएको थियो । तर कोरोना भाइरसको संक्रमण शरीरमा १४ दिनसम्म हुनसक्ने र लक्षण नहुन पनि सक्ने भन्दै सरकारले उनीहरुलाई दोस्रो पटक समेत परीक्षण गरेर मात्र घर पठाउने तयारी गरेको हो ।

दोस्रो पटकको परीक्षणको नतिजामा कुनै पनि व्यक्तिमा कोरोना भाइरस पोजेटिभ देखिएमा उनीहरुलाई अस्पतालको आइसोलेसनमा राखेर उपचार गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

‘पहिलो पटकको परीक्षणमा सबैको नतिजा नेगेटिभ देखिएको थियो, आसा गरौं दोस्रो पटकको परीक्षणमा पनि नेगेटिभ नै देखिने छ,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा देवकोटाले भने, ‘क्वारेन्टाइमा रहेका सबै जना बाहिरी रुपमा पनि स्वास्थ्य नै छन्, यदी परीक्षणको रिपोर्टमा कोराना भेटियो भने कोरोना भेटिएका व्यक्तिको आइसोलेसनमा उपचार हुन्छ ।’

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  १२ : २६ बजे

सवारी दुर्घटनामा एक युवकको मृत्यु, एक घाइते

रुपन्देही– रुपन्दहीको देवदहमा गएराति भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु

भन्सार छलीका ८ लाखभन्दा बढीका सामान बरामद

भैरहवा– रुपन्देहीमा भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याइएका आठ

भोजपुरकाे भुल्केमा पानीको समस्या अन्त्य

भोजपुर– भोजपुरको रामप्रसादराई गाउँपालिका–३ भुल्केमा लामो समयदेखि रहँदै आएको खानेपानीको

चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रहेकाले अनावश्यक

आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

काठमाडौं– प्रेस काउन्सिल नेपालले मौन अवधिमा आचारसंहिताको पूर्ण परिपालना गर्न