क्वारेन्टाइनमा रहेका १ सय ७५ जना आजै घर फर्किने सम्भावना | Khabarhub Khabarhub

क्वारेन्टाइनमा रहेका १ सय ७५ जना आजै घर फर्किने सम्भावना


१९ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भक्तपुरस्थित खरिपाटी क्वरेन्टाइनमा रहेका १ सय ७५ जना नेपालीको दोस्रो पटकको कारोना परीक्षणको रिपोर्ट आज दिउँसो आउने भएको छ ।

चीनको कोरोना प्रभावित क्षेत्रबाट गत फागुन ४ गते नेपाल ल्याइएका उनीहरुको दोस्रो पटकको कोरोना परीक्षण भइरहेको र आज दिउँसो सम्ममा नतिजा आउने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले खबरहबलाई बताए ।

कोरोना परीक्षणको नतिजा सबैको नेगेटिभ आएमा उनीहरुलाई घर पठाइने डा देवकोटाले बताए ।

‘आज दिउँसो सम्ममा कोरोना परीक्षणको नतिजा आउँछ,’ डा देवकोटाले खबरहबसँग भने, ‘सबैको कोरोनाको नतिजा नेगेटिभ देखियो भने आज नै घर पठाइन्छ ।’

कोरोना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले शनिबार नै उनीहरुको थ्रोड स्वाबको नमूना संकलन गरेको थियो ।

सबैजनाको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणको काम भइरहको प्रयोगशालाकी प्रमुख डाक्टर रुना झाले बताइन् ।  सबैको नतिजा आएपछि मात्र रिपोर्ट स्वास्थ्य मन्त्रालयमा पठाइने उनको भनाइ छ ।

यसअघि चीनबाट स्वदेश ल्याइएको दिन पनि उनीहरुको कोरोनाको परीक्षणका लागि नमूना संकलन गरीएको थियो ।

पहिला चरणको परीक्षणका १ सय ७५ जनामा नै कोराना परीक्षणको नतिजा नेगेटिभ आएको थियो । तर कोरोना भाइरसको संक्रमण शरीरमा १४ दिनसम्म हुनसक्ने र लक्षण नहुन पनि सक्ने भन्दै सरकारले उनीहरुलाई दोस्रो पटक समेत परीक्षण गरेर मात्र घर पठाउने तयारी गरेको हो ।

दोस्रो पटकको परीक्षणको नतिजामा कुनै पनि व्यक्तिमा कोरोना भाइरस पोजेटिभ देखिएमा उनीहरुलाई अस्पतालको आइसोलेसनमा राखेर उपचार गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

‘पहिलो पटकको परीक्षणमा सबैको नतिजा नेगेटिभ देखिएको थियो, आसा गरौं दोस्रो पटकको परीक्षणमा पनि नेगेटिभ नै देखिने छ,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा देवकोटाले भने, ‘क्वारेन्टाइमा रहेका सबै जना बाहिरी रुपमा पनि स्वास्थ्य नै छन्, यदी परीक्षणको रिपोर्टमा कोराना भेटियो भने कोरोना भेटिएका व्यक्तिको आइसोलेसनमा उपचार हुन्छ ।’

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  १२ : २६ बजे

खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर तीनजनाको मृत्यु

रौतहट– रौतहटमा एक सातामै खेतमा धान रोप्न पानी लगाउने क्रममा

गत वर्ष ३९ अर्ब बढीको धान–चामल आयात

काठमाडौं– गत आर्थिक वर्ष (आव) २०८१–०८२ मा ठूलो परिमाणमा धान-चामल

नेपालको निर्यातमा ऐतिहासिक वृद्धि : प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको निर्यातमा ऐतिहासिक वृद्धि भएको

डाक्टरको मनपरी विज्ञापन, नियामक निकाय गर्दैन अनुगमन

काठमाडौं– सरकारी तथा गैरसरकारी चिकित्सकले आफ्नो विज्ञापन गर्न पाउँदैनन् ।

चालीस अर्ब बढीको मोबाइल र ल्यापटप आयात

काठमाडौं– गत आर्थिक वर्ष (आव) ०८१–०८२ मा नेपालमा ४० अर्ब