मन्त्रिपरिषद बैठक नबस्ने, केही भेटघाटपछि प्रधानमन्त्री अस्पताल जाने | Khabarhub Khabarhub

मन्त्रिपरिषद बैठक नबस्ने, केही भेटघाटपछि प्रधानमन्त्री अस्पताल जाने


१९ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली आज अस्पताल भर्ना हुँदैछन् ।

दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्नका लागि उनी आजै अस्पताल भर्ना हुन लागेका हुन् । मिर्गौला प्रत्यारोपण त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा बुधबार गरिने छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रत्यारोपणका लागि भर्ना हुन सबै तयारी पूरा भएको जानकारी दिए ।

अस्पताल जानु पूर्व प्रधानमन्त्री ओलीले राष्ट्रिय योजना आयोगको बैठक बोलाएका थिए ।

विहान नौ बजेपछि बसेको आयोगको बैठक सकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

आज बस्ने भनिएको मन्त्रिपरिषद्को नियमित बैठक नबस्ने जानकारी थापाले दिए ।

‘राष्ट्रिय योजना आयोगको बैठक भरखर सकिएको छ’ उनले भने,‘आज मन्त्रिपरिषदको बैठक नबस्ने भएको छ ।’

अब केही व्यक्तिसँगको भेटपछि उहाँ अस्पताल जाने थापाले बताए ।

‘एक दुई जानसँगको भेटवार्तापछि प्रधानमन्त्री ज्यू अस्पताल जानु हुनेछ’ उनले भने ।

अस्पताल जानू अघि ‘प्रेस नोट’ जारी गरिने उनले जानकारी दिए ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  ११ : ४७ बजे

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको

सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष

जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

काँक्रेविहार– जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ

सुत्केरी हुन नसकेपछि दुई गर्भवतीको हवाई उद्धार

गलकोट– बुर्तिबाङ अस्पतालमा सुत्केरी हुन नसकेपछि दुई जना गर्भवतीको हवाई