यिनले दिँदैछिन् प्रधानमन्त्रीलाई मिर्गौला « Khabarhub

यिनले दिँदैछिन् प्रधानमन्त्रीलाई मिर्गौला


१९ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीको दोस्रो पटक गरिन लागिएको मिर्गौला प्रत्यारोपणको लागि अस्पताल भर्ना हुँदैछन् ।

बुधबार महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा गरिने प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली सोमबार(आज) अस्पताल भर्ना हुनेछन् ।

प्रधानमन्त्री ओलीलाई उनकी भान्जीले मिर्गौला दिने भएकी छिन् । यसअघि पहिलोपटक भारतको एपोलो अस्पताल गरिएको प्रत्यारोपणमा ओलीलाई भाइबुहारी अन्जान घिमिरेले मृगौला दिएकी थिइन् । दोस्रोपटको भने अन्जनाकी भान्जीले ओलीलाई मिर्गौला दिन लागेकी हुन् ।

फागुन ११ गते जन्मदिनका दिन प्रधानमन्त्री ओलीले सचिवालयका सदस्यहरूलाई मिर्गौला दिने महिलाबारे जानकारी गराएका थिए । त्यस दिन भने प्रधानमन्त्री ओली आफैंले ती महिलाको परिचय गराए। सचिवालयका उपस्थित सदस्यहरूलाई ओलीले भनेका थिए, ‘मलाई मिर्गौला दिने उनी नै हुन्।’

नातामा ‘भान्जी’ पर्ने उनलै महिलाले प्रधानमन्त्रीलाई मिर्गौला दान गर्न लागेकी हुन् । उनी समीक्षा संग्रौला ज्ञवालीले रहेको जनाइएको छ । ३२ वर्षीया समीक्षा झापाकी हुन् । चारआलीकी उनी ओलीलाई पहिलोपटक मृगौला दिने अन्जान घिमिरेकी भान्जी हुन् ।

शिक्षण अस्पतालले आइतबार नै ओलीलाई मिर्गौला दिने समिक्षाको नाम फाइल रेकर्ड बुक दर्ता गरेको छ ।

समीक्षाको दाहिनेतर्फको ‘१०.२ बाई ३.८ सीएम’ आकार रहेको मिर्गौला झिकेर प्रधानमन्त्री ओलीमा प्रत्यारोपण गरिनेछ।

प्रधानमन्त्री ओलीको मीर्गौला प्रत्यारोपण शिक्षण अस्पतालका यूरोलोजी तथा ट्रान्सप्लान्ट सर्जन प्रा.डा. प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले गर्नेछ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  १२ : ५१ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि