यस्तो छ ‘सूर्यवंशी’ को ट्रेलर [भिडियो] « Khabarhub

यस्तो छ ‘सूर्यवंशी’ को ट्रेलर [भिडियो]


१९ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अक्षय कुमार स्टारर ‘सूर्यवंशी’ को ट्रेलर सार्वजनिक भएको छ । प्रहरी युनिभर्सको कथामा रोहित सेट्टीले निर्देशन गरेको यो फिल्ममा अक्षय कुमारका साथ अजय देवगन र रणवीर सिंहलाई देखाइएको छ ।

अजय देवगन फिल्ममा ‘सिंघम’ का रुपमा प्रस्तुत भएका छन् भने रणवीर कपूरलाई ‘सिम्बा’ को भूमिकामा देख्न सकिन्छ ।

फिल्ममा अक्षय कुमार मात्र नभएर अजय र रणवीरको पनि एक्सन देख्न पाइनेछ । साथै फिल्ममा क्याटरीना कैफको पनि भूमिका छ ।

रोहित सेट्टीले कप युनिभर्समा यसअघि सिंघम, सिंघम २ र सिम्बा निर्देशन गरेका थिए । यी तीनै फिल्मले खुबै चर्चा कमाएका थिए ।

सूर्यवंशीमा पनि सूर्य उर्फ अक्षय कुमारलाई सहयोग गर्न यी दुई अफिसरको इन्ट्री भएको देखाइएको छ ।

फिल्ममा क्याटरीना कैफ र अक्षय कुमारको जोडी रहनेछ । यो फिल्म बलिउडमा लामो समयदेखि चर्चामा छ ।

यस्तो छ ट्रेलर:

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  २ : ४२ बजे

पूर्वी नवलपरासीमा गैँडाको आक्रमणबाट महिलाको मृत्यु

काठमाडौँ- पूर्वी नवलपरासीको देवचुलीमा गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको

बालुवाटार बैठक निष्कर्षविहीन

काठमाडौँ- सत्तारुढ गठबन्धनमा आबद्ध दलहरुको बैठक निष्कर्षविहीन भएको छ ।

दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचार

आज दिनभर राष्ट्रको निर्माणमा सबैको सहकार्य आवश्यक रहेको पर्ने राष्ट्रपतिको

भारत र बंगलादेशबीच अन्तरदेशीय पाइपलाइन सञ्चालनमा

काठमाडौँ- भारत र बंगलादेशबीच अन्तरदेशीय पाइपलाइन सञ्चालनमा आएको छ ।

कानून कार्यान्वयनको बाधक अस्थिर राजनीति : कर्णालीका मुख्यमन्त्री शर्मा

काठमाडौँ- कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले कानून कार्यान्वयनको बाधक