पोस्टरमा ‘लप्पन छप्पन २’ « Khabarhub

पोस्टरमा ‘लप्पन छप्पन २’


१९ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘लप्पन छप्पन २’ को पोस्टर सार्वजनिक गरिएको छ । मुकुन्द भट्टले निर्देशन गरिरहेको यो फिल्मको सार्वजनिक गरिएको पोस्टरमा सुपर गुरुङ र शक्ति श्रेष्ठलाई देखाइएको छ ।

‘लप्पन छप्पन’ पछि यसको सिक्वेलका रुपमा निर्माण गरिएको यो फिल्ममा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, गोविन्द शाही, प्रकाश कुँवर, दीपक क्षेत्री, नविन मानन्धर, विशाल पहारी, किशोर भट्ट, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल लगायतका कलाकारको अभिनय देख्न सकिनेछ ।

यद्यपि ‘लप्पन छप्पन’ भने व्यावसायिक रुपमा असफल भएको थियो ।

यो फिल्मबाट शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठसँगै केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, र्सिना सिना, रञ्जीत वन्त लगायतले फिल्म उद्योगमा डेब्यु गर्दैछन् ।

यो फिल्मलाई चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मलकुमार मिश्र, सुदीपचन्द्र भक्रेल र सन्तोषचन्द्र भक्रेलले निर्माण गरेका हुन् ।

यस्तै फिल्ममा स्किृप्ट निर्देशक भट्ट र सुनिल निउरेले तयार पारेका हुन् । फिल्म आगामी वर्षको वैशाख १२ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  ४ : २७ बजे

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

वर्षाले धानबालीमा क्षति

बाँके– बाँकेमा हिजो (बुधबार) परेको पानीले धानबालीमा ठूलो क्षति पुगेको

बालेनको ‘धन्न’बाट सुरु भएको व्यंग्य, कलाकारमाझ बन्यो नयाँ ट्रेन्ड

कहिलेकाहीँ एउटा शब्द नै पर्याप्त हुन्छ, व्यंग्य गर्न, हँसाउन र