क्वारेन्टाइनमा रहेका १ सय ७५ जना संक्रमणमुक्त अवस्थामा घर फर्किन पाउँदाको खुशी « Khabarhub

क्वारेन्टाइनमा रहेका १ सय ७५ जना संक्रमणमुक्त अवस्थामा घर फर्किन पाउँदाको खुशी


१९ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनको कोरोना भाइरस प्रभावित क्षेत्रबाट उद्धार गरिएका १ सय ७५ जना नेपाली विद्यार्थीहरु स्वास्थ्य निगरानीपछि सकुशल घर फर्किएका छन् ।

दोस्रो पटक गरिएको कोरोना परीक्षण नेगेटिभ आएपछि क्वारेन्टाइनबाट उनीहरु सोमबार नै घर फर्किएका हुन् । सोमबार ४ बजे स्वास्थ्य राज्यमन्त्री नवराज रावतको रोहवरमा उनीहरुलाई क्वारेन्टाइनबाट बिदाइ गरिएको हो ।

भक्तपुरको खरिपाटीमा दुई सातासम्म उनीहरुलाई क्वारेन्टाइनमा राखिएको थियो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकाश देवकोटाले क्वारेन्टाइनमा रहेका सबैको स्वाब रिपोर्ट नेगेटिभ आएका कारण उनीहरु क्वारेन्टाइबाट घर फर्काइएको बताए ।

शनिबार नाक र घाँटीको स्वाब नमूना सङ्कलन गरी राष्ट्रिय प्रयोगशालामा परीक्षणका लागि पठाइएको र उक्त परीक्षणको रिपोर्ट आज आएको हो ।

घर फर्किने क्रममा उनीहरु निकै खुशी बनेका थिए । उनीहरुले सरकारले चीनबाट उद्धार गरेर ल्याउनुका साथै क्वारेन्टाइनमा राम्रो सुविधाका साथ राखिएको भन्दै सरकारको प्रशंशा समेत गरेका छन् ।

चिकित्सकले कोरोना भाइरसको नेगेटिभ रिपोर्ट सार्वजनिक गरेपछि सबैजना आफ्ना परिवारका सदस्य तथा आफन्तहरुको साथ रमाउँदै घर फर्किएका हुन् ।

वुहानबाट नेपाली विद्यार्थीलाई उद्धार गरी ल्याउने नेपाल वायुसेवा निगमको जहाजका चालकसहित १८ जनाको टोली क्वारेन्टाइनबाट हिजो घर फर्किएका थिए ।

कोरोनाभाइरसको सङ्क्रमणमुक्त अवस्थामा घर फर्कन पाउँदा उनीहरु निकै खुशी देखिएका छन् ।

चीनबाट फर्किएपछि कसैलाई सङ्क्रमण देखा पर्न सक्छ भन्ने चिन्ता भएपनि प्रयोगशाला परीक्षणमा सबै ‘नेगेटिभ’ देखिएपछि उनीहरु निकै खुशी बनेका हुन् । सरकारले क्वारेन्टाइनमै बस्न चाहनेहरुका लागि भने फेरि बस्न मिल्ने व्यवस्था समेत गरेको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  ५ : ०७ बजे

बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ जनामा औलो रोगको सङ्क्रमण

चितवन– गत आर्थिक वर्षमा चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका

बेनी–जोमसोम–कोरला सडक : नौ वर्षमा आठ अर्ब ९६ करोड खर्च

मुस्ताङ– चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला) सडकमार्ग योजनाका लागि

आज शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल साउन ३० गते शनिबार सन् २०२६