इरानसँग सम्झौता गर्न अमेरिकालाई आवश्यकता छैन : ट्रम्प « Khabarhub

इरानसँग सम्झौता गर्न अमेरिकालाई आवश्यकता छैन : ट्रम्प


२७ कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग कुनै सम्झौता गर्न अमेरिकालाई आवश्यकता नरहेको बताएका छन् ।

आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’ मा पोस्ट गर्दै ट्रम्पले इरानसँग सम्झौता गर्ने समय धेरै पहिले नै बितिसकेको दाबी गरेका हुन्।

‘हामीलाई इरानसँग कुनै सम्झौताको आवश्यकता छैन । त्यो समय धेरै पहिले नै बितिसकेको छ । हामीसँग उनीहरूको पैसा छ र होर्मुज जलडमरूमध्य पनि हाम्रो नियन्त्रणमा छ’, उनले लेखेका छन्।

ट्रम्पले सोही पोस्टमा उपराष्ट्रपति जेडी भान्सलाई डेमोक्र्याटिक पार्टीको शासन रहेका राज्यहरूमा कथित भ्रष्टाचारबारे ध्यान दिन निर्देशन दिएको पनि उल्लेख गरेका छन्।

उनले मिनेसोटा, क्यालिफोर्निया र इलिनोइस राज्यको प्रशासन खराब र भ्रष्ट रहेको आरोप लगाउँदै ती राज्यमा प्रत्येक महिना अर्बौं डलर चोरी भइरहेको दाबी गरे ।

यस्तो ठूलो स्तरको आर्थिक अनियमितता अन्त्य गर्न सके अमेरिकी बजेटलाई छिट्टै सन्तुलनमा ल्याउन सकिने उनको भनाइ छ । ट्रम्पले डेमोक्र्याटिक नेताहरूको रगतमा नै भ्रष्टाचार रहेको आरोपसमेत लगाए।

अर्को पोस्टमा उनले डेमोक्र्याटहरू वास्तवमै भ्रष्टाचार अन्त्य गर्न चाहन्छन् भने सबैभन्दा पहिले आफूले शासन गरिरहेका राज्यहरूको अनुसन्धान गर्नुपर्ने बताए । ती राज्यमा दिनरात र हरेक घण्टा ठूलो परिमाणमा रकम चोरी भइरहेको उनको आरोप छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८३, शुक्रबार  ७ : ०५ बजे

इरानसँग सम्झौता गर्न अमेरिकालाई आवश्यकता छैन : ट्रम्प

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग कुनै सम्झौता गर्न अमेरिकालाई

आज काठमान्डु–सुदूरपश्चिम र चितवन–जनकपुरबीच प्रतिस्पर्धा

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज दुई खेल हुँदैछन्

नरैनापुरमा घरबाटै सार्वजनिक सेवा, नेपालगञ्ज धाउनुपर्ने बाध्यता हट्यो

खजुरा – बाँकेको दुर्गम क्षेत्रका रूपमा चिनिने नरैनापुर गाउँपालिकाले सार्वजनिक

बन्दीपुरमा ६७ फिट अग्लो राष्ट्रिय झण्डासहितको पार्क निर्माण हुँदै

दमौली– तनहुँको बन्दीपुर गाउँपालिका–१ तल्लोटारमा ६७ फिट अग्लो राष्ट्रिय झण्डासहितको

कतार र इस्टोनियासँग सूचना प्रविधिमा सहकार्य विस्तार गर्ने नेपालको प्रस्ताव

काठमाडौँ– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले कतार र इस्टोनियाका समकक्षीसँग