नक्कली बिल बनाइ बिउ खरिद गर्ने कर्मचारीहरुविरुद्ध भ्रष्टाचार मुद्दा « Khabarhub

नक्कली बिल बनाइ बिउ खरिद गर्ने कर्मचारीहरुविरुद्ध भ्रष्टाचार मुद्दा


१९ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय बीउबिजन कम्पनीका प्रबन्ध सञ्चालक, सञ्चालक समितिका अध्यक्ष, सदस्य र कर्मचारीविरुद्ध विशेष अदातमा मुद्दा दायर गरेको छ ।

आर्थिक वर्ष २०७३/७४ को खेती समय सकिएपछि निजी बीउ व्यवसायीसँग मकैको बीउ खरिद गरी आर्थिक अनियमितता गरेको आरोपमा मुद्दा दायर गरेको हो । कृषकलाई उन्नत बीउबिजन खरिद मूल्यमा अनुदानसम्बन्धी कार्यविधि, २०६८ अनुसार वितरण नगरी खरिद तथा बिक्रीवितरण गरिएको नक्कली कागजात तयार पारी भ्रष्टाचार गरेको पाइएकाले बिगोबमोजिम जरिवाना र कैद सजायको माग गरिएको छ ।

सरकारी अनुदानमा बिक्रीवितरण गर्नुपर्ने ११८ मेट्रिकटन उन्नत जातको मकैको बीउ खरिद नै नगरी नक्कली कागजात बनाएको पाइएको छ । आयोगले कम्पनीका प्रबन्ध सञ्चालक धर्मराज अधिकारीविरुद्ध रु ४६ लाख १५ हजार २०१ बराबरको भ्रष्टाचार गरेको पाइएको छ । यस्तै युनिक सिड कम्पनी धनगढी तथा कृषक सहयोग केन्द्र कैलालीका अध्यक्ष लक्ष्मीकान्त ढकालविरुद्ध आयोगले रु ३५ लाख छ हजार ४०० बराबरको भ्रष्टाचार गरेको आरोप लगाएको छ ।

यस्तै बिज वृद्धि कम्पनी रत्ननगर चितवनका प्रबन्ध निर्देशक रामचन्द्र अधिकारीविरुद्ध रु ११ लाख आठ हजार ८०१, बीउबिजन कम्पनीका कामु महाशाखा प्रमुख रेवतीरमण ओझाविरुद्ध रु ४६ लाख १५ हजार २०१ बराबरको भ्रष्टाचार गरेको अभियोग लागेको छ ।

यस्तै सोही कम्पनीका महाशाखा प्रमुख महेशकुमार पौडेलविरुद्ध रु ४६ लाख १५ हजार २०१, कम्पनीका तत्कालीन शाखा अधिकृत बिन्दु थापाविरुद्ध रु ४६ लाख १५ हजार २०१, आर्थिक महाशाखाका वरिष्ठ सहायक सुरेन्द्रमान श्रेष्ठ र स्टोरकिपर धर्मेन्द्रकुमार झाविरुद्धसमेत रु ४६ लाख १५ हजार २०१ बराबरको भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ ।

यस्तै आयोगले तनहुँ भानु नगरपालिका– १३ का वडाध्यक्ष कृष्णबहादुर अधिकारीविरुद्ध समेत मुद्दा दायर गरेको छ । आयोगले विद्यालय भवनको निर्माण सम्पन्न गरी भुक्तानी दिने प्रयोजनमा क्रममा वडा सदस्य अधिकारी र इञ्जिनीयर शुकदेव अधिकारीले सेवाग्राहीसँग रु ७५ हजार घुस लिएको आरोप लागेको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  ७ : ३२ बजे

डिजेको आवाज र धार्मिक झण्डाबाट देवानगञ्जमा तनाव, प्रजिअ भन्छन्- संवेदनशील क्षेत्रमा नहुनुपर्ने घटना भयो

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

झापामा लगत सङ्कलनदेखि धनीपुर्जा वितरणसम्मका कार्य तीव्र

भद्रपुर– जिल्ला भूमि समस्या समाधान समिति र स्थानीय तहले सार्वजनिक र

जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

चितवन– नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी जगेडा नगर्न

न्याय माग्दै फेरि सडकमा सहकारी पीडित (तस्बिरहरू)

काठमाडौं– सहकारी पीडितहरूले आफूलाई न्याय दिनुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन गरेका

देवानगञ्ज घटनाबारे सुनसरीका रास्वपा सांसदसहितले भेटे गृहमन्त्री, विशेष घोषणा गर्न लागेको सुधनको जवाफ

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा