शिवपुरी आर्मी स्टाफ कलेजमा राष्ट्रिय सुरक्षासम्बन्धी अध्ययन कक्षा शुरु « Khabarhub

शिवपुरी आर्मी स्टाफ कलेजमा राष्ट्रिय सुरक्षासम्बन्धी अध्ययन कक्षा शुरु


१९ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनाको शिवपुरीस्थित आर्मी कमान्ड एन्ड स्टाफ कलेजमा राष्ट्रिय सुरक्षासम्बन्धी उच्चस्तरीय अध्ययन कक्षा साेमबारदेखि शुरु भएको छ ।

राष्ट्रिय सुरक्षा र राष्ट्रिय हितबारे समान धारणा बनाउन आयोजना गरिएको उक्त कक्षामा रक्षा, गृह, वन तथा वातावरण र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका उच्च तहका अधिकृत सहभागी रहेका छन् । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग, नेपाल राष्ट्र बैंक, नेपाल रेडक्रस प्रतिनिधिलगायत २१ अधिकृतको सहभागिता रहेको छ ।

कक्षाको उद्घाटन समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापाले मुलुकको सार्वभौमिकता, राष्ट्रिय अखण्डता, भौतिक, सामाजिक, आर्थिक, सांस्कृतिक र मानवीय पक्षलाई समेट्ने सुरक्षाको बहुआयामिक महत्वबारे ज्ञान आदान–प्रदान र बुझ्न सहज हुने बताउँदै उनले कक्षामा प्राप्त ज्ञानबाट विपद्का समयमा सरोकारपक्षबीच सहकार्य र एकता कायम हुने विश्वास व्यक्त गरे ।

रक्षा मन्त्रालय र नेपाली सेनाद्वारा संयुक्तरूपमा सञ्चालित पाँचौं शृङ्खलाको उक्त कक्षामा सुरक्षा नीतिअन्तर्गत विषयमा ज्ञान प्रदान गरिने छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  ८ : १७ बजे

चोलेन्द्र शमशेर रिहा, एसएसपी खड्का भन्छन्- ‘सुरक्षित ठाउँमा पठाएका छौँ’

काठमाडौं– पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई अपराध अनुसन्धान कार्यालय, टेकुबाट अन्यत्र

माइडियाको दसैँ विशेष योजना : ३७ हजार ७०० सम्म क्यासब्याक र आकर्षक उपहार

काठमाडौं- नेपालीहरूको महान् चाड दसैँलाई लक्षित गर्दै माइडियाले विशेष उत्सव

चोलेन्द्र भेट्न गएको आयोगको टोलीलाई प्रहरीले कार्यालयमै दिएन प्रवेश

काठमाडौं– हिरासतमा रहेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न गएको राष्ट्रिय

हर्मुज जलडमरूमध्ये खोल्ने इरानी प्रस्ताव ट्रम्पद्वारा अस्वीकृत, इरान आधिकारिक प्रतिक्रियाको पर्खाइमा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको हर्मुज जलडमरूमध्ये खोल्ने प्रस्ताव

भक्तपुरको राष्ट्रिय प्राणी उद्यान प्रदेश सरकारले बनाउने

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले सङ्घीय सरकारबाट अनुरोध भएमा