मछिन्द्र क्लब माईभ्याल्ली गोल्डकपको सेमिफाइनलमा प्रवेश « Khabarhub

मछिन्द्र क्लब माईभ्याल्ली गोल्डकपको सेमिफाइनलमा प्रवेश


१९ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम – मछिन्द्र फुटबल क्लब इलाममा जारी छैटौं संस्करणको माईभ्याली गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ ।

सोमबार भएको क्वाटरफाइनलमा गोर्खा ब्वाईज क्लब रुपन्देहीलाई टाइब्रेकरमा ५ – ३ गोल अन्तरले पराजित गर्दै मछिन्द्र सेमिफाइनल पुगेको हो ।

प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा गएको थियो ।

टाइब्रेकरमा मछिन्द्रका रञ्‍जित धिमाल, वुद्ध चेम्जोङ, विमल घर्ति मगर, दिनेश राजवंशी र देवेन्द्र तामाङले गोल गरे ।

गोर्खाका फोडे फोफाना, सन्जिब लामा र गौतम श्रेष्ठले गोल गरे । तर, हम्जातको प्रहार पोस्टमा लागेर फर्किदा गोर्खा क्वाटरफाइनलमै रोकिनु पर्यो ।

अब मछिन्द्रले सेमिफाइनलमा मानेभञ्ज्याङ एफसी दार्जिलिङसँग खेल्नेछ । १० टिम सहभागी प्रतियोगिताको विजेताले नगद ८ लाख तथा उपविजेताले ५ लाख रुपैयाँ पाउने छन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  ९ : २६ बजे

म मोज्तबा खामेनीको मृत्यु चाहन्नँ : ट्रम्प

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको

वर्षाका कारण दाङका ३० इँटा उद्योगमा क्षति

दाङ – गत शनिबारको वर्षाका कारण यहाँका ३० वटा इँटा

तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको शव फेला

पाल्पा- तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई जना भारतीय युवकको

चुनावी समीक्षा प्रतिवेदन पठाउन तल्लो कमिटीलाई एमालेको निर्देशन

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट