कोरोना भाइरसबारे ७ हल्लाभित्र कति सत्यता ? « Khabarhub

कोरोना भाइरसबारे ७ हल्लाभित्र कति सत्यता ?


२० चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

कोरोना भाइरसका बारेमा तपाईले कैयौं प्रकारका हल्लाहरु सुन्नु भएको होला । तर यी हल्लामा कतिको सत्यता छ यसबारे भने जानकारी नहुनसक्छ । जसका कारण तपाईमा पनि डर वा त्रास हुनसक्छ ।

आज हामी यस्तै केहि हल्लाहरुका बारेमा चर्चा गर्नेछौ जसमा सत्यता छ वा यो झुटो हो ? जान्नुहोस् ।

हल्ला : मास्क लगाएपछि कोरोनाको संक्रमण हुदैन ।

सत्यता : कुनै पनि सर्जिकल मास्कले भाइरल पार्टिकल्सलाई ब्लक गर्न सक्दैन । तर संक्रमित ब्यक्तिबाट वाइरस फैलनबाट रोक्न भने मद्दत गर्दछ । किनकी संक्रमितले खोक्दा, हाच्छ्यु गर्दा वा बोल्का निस्कने छिटाहरुमा भाइरस हुने भएकाले यसलाई मास्कमा रोकेर अरुमा फैलनबाट रोक्न मद्दत गर्छ । तर यो पनि पुर्ण भरपर्दो माध्यम भने होइन ।

हल्ला : साबुनभन्दा स्यानिटाइजर उत्तम हुन्छ ।

सत्यता : साबुनले हात धोएपछि कोरोना भाइरस मर्ने मात्र होइन, त्यहाबाट पखालिएर पनि जान्छ । यस्तोमा दैनिक १५ पटक वा अझ बढि पटक हात धुने गरेमा कोरोनाको संक्रमण हुनबाट बच्न सकिन्छ ।

त्यसैले ह्याण्ड स्यानिटाइजरभन्दा साबुन नै प्रभावकारी र उत्तम विकल्प हो । ह्याण्ड स्यानिटाइरको प्रयोग गर्दा ७० प्रतिशतभन्दा बढि अल्कोहल भएको प्रयोग गर्नुहोला ।

हल्ला : लामखुट्टे वा छिगाँबाट पनि कोरोना सर्दछ ।

सत्यता : अहिलेसम्म लामखुट्टे वा छिगाँबाट कोरोना सर्छ वा सर्दैन भन्ने बिषय प्रमाणित भइसकेको छैन ।

यस्तोमा बिना प्रमाण लामखुट्टे वाछिगाँबाट कोरोना सर्छ भन्नु हल्ला मात्र हुन्छ । तर सकेसम्म लामखुट्टे वा भिगाँबाट बच्नु राम्रो हुन्छ ।

हल्ला : भिटामिन सी खाएमा कोरोना लाग्दैन ।
सत्यता : यो सत्य हो कि भिटामिन सी खादाँ शरीरमा रोग प्रतिरोधक क्षमता बढ्ने गर्दछ । साथै यसले शरीरभित्रका खराब भाइरसहरुलाई मार्ने काम पनि गर्दछ ।

तर विज्ञहरुका अनुसार अहिलेसमम भिटामिन सी खाएकै कारण कोरोनाको संक्रमण निको हुने वा संक्रमण नहुने भन्ने प्रमाणित भएको छैन ।

हल्ला : गौमूत्र खाएमा कोरोनाबाट बच्न सकिन्छ ।

सत्यता : गौमुत्रको सेवनले कोरोना भाइरस नष्ट हुन्छ भन्ने अहिलेसम्म कुनै प्रमाण आएको छैन ।

हल्ला : बेसार, तुलसी र अदुवा मिसाएर स्यानिटाइजर बनाएर लाउँदा कोरोना रोक्न सकिन्छ ।
सत्यता : विश्व स्वास्थ्य संगठनका अनुसार ७० प्रतिशतभन्दा बढि अल्कोहल भएको स्यानिटाइजरले कोरोना भाइरसको संक्रमण रोक्छ सक्छ ।

तर घरमा बेसार, तुलसी र अदुवा मिसाएर बनाएको स्यानिटाइजरले कोरोना रोक्नेमा कुनै प्रमाण भेटिएको छैन । यो हल्ला मात्र हो ।

हल्ला : मासांहार भोजनबाट कोरोना सर्न सक्छ ।
सत्यता : माछामासु वा अण्डा खाएकै भरमा कोरोना लाग्छ भन्ने हुदैन । बरु मांसाहार भोजनाबाट शरीरलाई उल्टै फाइदा पुग्ने गर्दछ । तर माछामासु खादाँ मज्जाले पकाएरमात्र खानु पर्दछ ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार  ७ : ३१ बजे

डीडीसीको बजार पहिलोपटक दुबईमा विस्तार, ६ सय किलो घ्यू पठाइँदै 

काठमाडौं– नेपाल सरकारको स्वामित्व रहेको दुग्ध विकास संस्थान (डीडीसी)बाट उत्पादित घ्यू

स्वास्थ्य परीक्षणपछि इमरान फेरि जेल फिर्ता

एजेन्सी– पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई सर्वोच्च अदालतको आदेशअनुसार स्वास्थ्य परीक्षणका

तीनै तहका सरकार मिलेर शिक्षा क्षेत्रको विकासमा लागौँ : मन्त्री पोखरेल

सुदूरपश्चिम– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले तीनै तहका सरकार मिलेर

केन्द्रीय समिति बैठकका लागि रास्वपा नेताहरू घण्टी घरमा, बालेन अनुपस्थित (तस्बिरहरु)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकमा सहभागी

रास्वपा केन्द्रीय कमिटी बैठक छाडेर वरिष्ठ नेता बालेन मुस्ताङतिर

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कमिटी बैठक सुरु हुन