भारत- कोरोना भाइरसको संक्रमणबाट भारतमा एकैदिन २३ जनाको मृत्यु भएको छ।
छिमेकी मुलुक भारतमा कोरानका कारण सबैभन्दा बढीको मृत्यु भएको यो पहिलो घटना हो । अघिल्लो दिन ३ जनाको मात्र मृत्यु भएकोमा पछिल्लो २४ घण्टामा यो संख्या बढेर थप २३ जनाको मृत्यु भएको छ ।
योसँगै भारतमा मृत्यु हुनेको संख्या ५८ पुगेको छ।
त्यस्तै एकैदिन भारतमा ६ सय १ जना संक्रमित भेटिएका छन्। यो अहिलेसम्मकै सबैभन्दा धेरै संख्या हो।
योसँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या करिब दुई हजार पुगेको छ।
भारतमा कोरोना भाइरसको जोखिम रोक्न भारतीय प्रधानमन्त्रीले यसअघि नै तीन हप्ताको लकडाउन घोषणा गरेका छन् प्रभावित राज्यहरुमा उच्च सतर्कता अपनाइएको छ।
प्रतिक्रिया