एजेन्सी- अष्ट्रेलियामा कोरोना संक्रमितको संख्या ५ हजार नाघेको छ । हालसम्म अष्ट्रेलियमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २३ पुगेको छ ।
कोरोनाभाइरसको संक्रमण रोक्न न्यू साउथ वेल्सले ९० दिनको लकडाउन घोषणा गरेको छ ।
साथै पुलिसले लकडाउनको नियम उल्लंघन गर्नेलाई कडा कारबाहीको चेतावनी दिँदै जरिवाना समेत तोकेको छ ।
नियम तोड्नेले एक हजार अष्ट्रेलियन डलर तिर्नुपर्ने जनाइएको छ ।
प्रतिक्रिया