अमेरिकामा मास्क अभाव, रुमालबाटै काम चलाउन स्वास्थ्यकर्मीलाई सुझाव « Khabarhub

अमेरिकामा मास्क अभाव, रुमालबाटै काम चलाउन स्वास्थ्यकर्मीलाई सुझाव


२० चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकामा एन – ९५ र सर्जिकल मास्कको चरम अभाव भएपछि स्वास्थ्यकर्मी समेत जोखिममा परेका छन् ।

घर बाहिर निस्कँदा समेत सबै अमेरिकी स्वास्थ्यकर्मीले मास्क लगाउन पाउनुपर्ने मागबारे छलफल चलिरहँदा मास्कको नै चरम अभाव भएपछि तत्काललाई रुमालबाटै काम चलाउन सुझाव दिइएको द वासिङ्टन पोष्टले जनाएको छ ।

सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनको एक सन्देशमा सामान्य कपडाबाट बनाइएको मास्कले पनि कोरोना भाइरसको संक्रमण रोक्न वा कम गर्न सहयोग गर्ने उल्लेख गरेको छ । तर त्यसमा आममानिसहरु विश्वस्त हुन सकिरहेका छैनन् ।

मास्क अभाव भएपछि यसअघि अमेरिक राष्ट्रपति डोनाल्ड ट्रम्पले सर्वसाधारणलाई मास्क नपाएको अवस्थामा स्कार्फ (सल) ले मुख छोप्न सुझाव दिइसकेका छन् ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार  ८ : ५० बजे

भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन– अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको

वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा पाउँदाको खुसी

तनहुँ– वर्षौँदेखि आफूले उपभोग गर्दै आएको जमिनको लालपुर्जा कहिले पाइएला

‘भूमिसम्बन्धी समस्या समाधानका लागि सहकार्य जरुरी’

काठमाडौँ– नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले भूमिहीन, सुकुम्वासी तथा

भोटेकोशी बाढी प्रभावितलाई काठमाडौँ विश्वविद्यालयको ८५ लाख सहयोग

काभ्रे– भोटेकोशी बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागि काठमाडौँ विश्वविद्यालयले