लकडाउनका कारण विदेशमा फसे यी दक्षिण भारतीय कलाकार « Khabarhub

लकडाउनका कारण विदेशमा फसे यी दक्षिण भारतीय कलाकार


२० चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सारा विश्वमा कोरोना भाइरसको कहर बनिरहेको छ । यो भाइरसका कारण विभिन्न देशमा लकडाउन गरिएको छ । भारतमा पनि ३ हप्ते लामो लकडाउन चलेको छ ।

लकडाउनका कारण कति कामदार, कलाकार त कति व्यक्ति विदेशमा फसिरहेका छन् । यो संकटका बीच दक्षिण भारतीय कलाकार पृथ्वीराज सुकुमारन पनि जोर्डनमा फसेका छन् ।

पृथ्वीराज मात्र नभएर अन्य ५८ जना क्रु सदस्य पनि जोर्डनमै फसेका छन् ।

उनीहरुले एक स्टाटस लेख्दै भारतीय अधिकारीलाई घरसम्म पु¥याइदिन अनुरोध समेत गरेका छन् । टिमले विदेश मन्त्रालय र केरला सरकारसँग पनि सहयोग मागेको छ । जोर्डनमा कोरोना भाइरसका कारण कफ्र्यु लगाइएको छ । जसकारण शूटिङको अनुमति पनि दिइएको छैन ।

फेसबूक पोस्टमा पृथ्वीराजले लेखेका छन्, ‘आशा छ कि, यो कठिन समयका दौरान सुरक्षित रहने पूरै कोशिश गरिरहेको छ ।’

फिल्मका निर्देशक ब्लेसीले केरला फिल्म चेम्बरलाई इमेल गरेर मुख्यमन्त्रीसँग भारत फर्कन पहल गरिदिन अनुरोध गरेका छन् ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार  १ : ०३ बजे

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि