यसकारण कार्तिक आर्यनले छोडे एकता कपूरको फिल्म « Khabarhub

यसकारण कार्तिक आर्यनले छोडे एकता कपूरको फिल्म


२० चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउडमा पछिल्लो समय चर्चामा रहेका अभिनेता कार्तिक आर्यनले कोरोना भाइरसविरुद्धको लडाइँका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले खडा गरेको कोषमा १ करोड रुपैयाँ सहयोग गरे ।

यतिबेला भने कार्तिकसँग जोडिएको अर्को समाचार पनि बाहिर आएको छ । खबरका अनुसार कार्तिकले एकता कपूरको फिल्म खेल्न इन्कार गरेका छन् । फिल्मका लागि एकताले कार्तिकलाई अफर गरेकी थिइन् ।

मिडियाका अनुसार कार्तिकले पहिले त मिति नै नभएको बताएका थिए । तर यसको खास कारण पारिश्रमिकमा चित्त नबुझेको बताइएको छ ।

बलिउडमा एकता कपूरले पारिश्रमिक धेरै दिन्निन् भनेर पनि चिन्ने गरिन्छ । यता कार्तिकले पनि एकपछि अर्को हिट फिल्म दिएपछि पारिश्रमिक बढाइरहेका छन् । उनले वरुण धावन र शाहिद कपूरले भन्दा बढी पारिश्रमिक माग्न थालेका छन् ।

कार्तिकको फिल्म ‘भुलभुलैया २’ रिलिज हुन बाँकी छ । यस्तै उनको अर्को सिक्वेल फिल्म ‘दोस्ताना २’ पनि दर्शकको पर्खाइमा छ ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार  ३ : १४ बजे

मेस्सीले सन्न्यास लिँदा रोनाल्डो भावुक

काठमाडौं- अन्तर्राष्ट्रिय फुटबलबाट औपचारिक बिदाइ लिएका लियोनल मेस्सीप्रति क्रिस्टियानो रोनाल्डोले

भृकुटीमण्डपमा बजाज ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल

काठमाडौं– नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी

बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छ : सञ्चारमन्त्री 

काठमाडौँ-  सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली उत्पादनको मौलिकता, पहिचान

कांग्रेस महाधिवेशन : मतदानका लागि तयार मतपेटिका (तस्बिरहरू)

काठमाडौं– कांग्रेस १५ औँ महाधिवेशनमा मतदानका लागि मतदानस्थल र मतपेटिका

कांग्रेस महाधिवेशनमा एक जनालाई मतदान गर्न आधा घण्टा मिनेट लाग्ने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनको निर्वाचन प्रक्रियामा एक जना मतदातालाई