भृकुटीमण्डपमा बजाज ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल « Khabarhub

भृकुटीमण्डपमा बजाज ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल


२२ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लिले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको ‘बजाज गेम अफ पावर’ क्याम्पेन अन्तर्गत ‘बजाज गेम अफ पावर एक्सचेन्ज कार्निभल’ आयोजना गरेको छ । 

आजदेखि २९ गतेसम्म भृकुटीमण्डप, काठमाडौंमा सञ्चालन हुने कार्निभलले ग्राहकलाई मोटरसाइकल अपग्रेडसँगै विभिन्न अफर र मनोरञ्जनात्मक गतिविधिको अवसर प्रदान गर्ने कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार आफ्नो पुरानो मोटरसाइकललाई नयाँ बजाजमा परिवर्तन गर्न चाहने ग्राहकले यहाँ २२ भन्दा बढी मूल्य निर्धारणकर्ताबाट आफ्नो बाइकको मूल्यांकन गराउन सक्नेछन् । यससँगै नगद छुट, निःशुल्क एसेसरिज तथा तत्काल फाइनान्स सुविधा उपलब्ध भएकाले ग्राहकले आफ्नो आवश्यकताअनुसार नयाँ मोटरसाइकल रोज्न सक्नेछन् ।

मोटरसाइकल खरिद र एक्सचेन्जलाई मात्र केन्द्रमा नराखी कार्निभलमा ‘शो योर पावर’ लगायत विभिन्न सहभागितामूलक गतिविधिहरू पनि समावेश गरिएको छ । यसले बजाजका ग्राहक तथा मोटरसाइकलप्रेमीलाई दशैं–तिहारको अवसरमा आफ्नो रुचि र उत्साहसँग जोडिन थप अवसर दिनेछ ।

प्रकाशित मिति : २२ आश्विन २०८३, बिहीबार  ६ : ४३ बजे

स्याफ्रुबेँसीमा ७६ मिटर लामो बेलिब्रिज निर्माण सुरु, रसुवागढी सडक सञ्जाल जोडिने

रसुवा– चीनसँगको उत्तरी नाका जोड्ने स्याफ्रुबेसीमा बेलिब्रिज जडानका लागि फाउन्डेसन

यातायात भाडा समायोजनको माग

खोटाङ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ खोटाङले जिल्लामा सञ्चालन हुने

मेस्सीले सन्न्यास लिँदा रोनाल्डो भावुक

काठमाडौं- अन्तर्राष्ट्रिय फुटबलबाट औपचारिक बिदाइ लिएका लियोनल मेस्सीप्रति क्रिस्टियानो रोनाल्डोले

भृकुटीमण्डपमा बजाज ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल

काठमाडौं– नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी